१२ श्रावण, नेपालगञ्ज । प्रहरीले लेनदेन मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उमनपा वडा नं. ४ बस्ने ३८ वर्षीय सुजित सोनी सुनारलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतको २०७८।११।२७ गतेको फैसलाले लेनदेन मुद्दामा ३ महिना कैद तोकिएकोमा हालसम्म उनी फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले बुधवार निजलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here