२ श्रावण, नेपालगञ्ज । लागू औषध मुद्दाका २ जना फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर न.पा. वडा नं. १० बस्ने वर्ष २० को सुदिप चौधरी रहेका छन् ।
बाँके जिल्ला अदालतको मिति २०७८।१०।३० गतेको फैसलाले लागू औषध मुद्दामा २८ दिन कैद तोकिएकोमा निज हालसम्म फरार रहेका थिए ।
यस्तै कोहलपुर न.पा. वडा नं. १५ बस्ने वर्ष ३२ को अजय कुमार चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतको मिति २०७८।०८।०८ गतेको फैसलाले लागू औषध मुद्दामा ९ वर्ष २१ दिन कैद तोकिएकोमा निज हालसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले सोमवार निजहरुलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here