– रमेश चन्द्र कुमाल
२६ असार, नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा विगत समयदेखि हुँदै आएको निर्वाचनमा आश्चर्यजनक परिणाम देखा पर्दै आएको छ ।
बाँके जिल्लाका जनताको रुझानमा जुन पार्टी हुन्छ त्यस पार्टीलाई जनताले भोट दिएर ऐतिहासिक विजय दिलाउँछ ।
बाँके जिल्लामा कहिले राप्रपाको ठूलो पकड रह्यो त कहिले नेपाली काँग्रेस र नेकपा एमालेको तर हरेक पटक जनता आफ्नो रुझान फेर्दै रहन्छन् ।
प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै रहेकोले विभिन्न राजनीतिक दल आ–आफ्नो पार्टीलाई विजयी बनाउन अहिले देखिनै तयारीमा जुटी सकेका छन् । वर्तमान समय बाँके जिल्लामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)को ठूलो पकड रहेको देखिन्छ । यो कुरा प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, राप्रपा र राप्रपा नेपाल गहिरिएर बुझ्ने प्रयासमा लागेको देखिन्छन् । बाँकेको निर्वचन क्षेत्र नं. २ पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको कर्मभूमि रहेकोले यो क्षेत्र काँग्रेसको लागि विशेष महत्व राख्छ । मधेश आन्दोलनबाट जनता समाजवादी पार्र्टी (जसपा) पनि एक शक्तिको रुपमा उदय भएको हो । यस पार्टीबाट नै २ नं. क्षेत्रबाट जसपाका तत्कालीन मधेशी जन अधिकार फोरमबाट मो. इस्तियाक राई विजयी भएका थिए । हाल उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् । यस कारण अहिलेसम्म बाँके निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी मात्र मुख्य प्रतिद्वन्द्वी रहेको देखिन्छन् ।
भन्ने गरिन्छ, राजनीतिमा एउटै समीकरण दीर्घकालसम्म चल्दैन यसको राजनीतिक समीकरणमा फेरबदल भने हुँदै रहन्छ । यो फेरबदल गर्न राजनीतिमा महारथ राख्ने बुद्धिजीवि रातदिन मिहिनेत गर्दै रहन्छन् । यस कारणले अहिलेसम्म बाँके निर्वाचन क्षेत्र नं. २ मा २ वटा राजनीतिक दल प्रतिद्वन्द्वीको रुपमा देखिएपनि केही समयभित्रै बाँके क्षेत्र नं. २ मा ठूलो राजनीतिक फेरबदल हुने संकेत अहिले देखिनै मिल्न थालेको छ । यसको संकेत हिन्दुवादी शक्ति राजनीतिक दलले अहिलेदेखिनै दिन थालेका छन् । बाँके निर्वाचन क्षेत्र नं. २ बाट नेपाली काँग्रेस पार्टीतर्फबाट पूर्व मन्त्री गजेन्द्र बहादुर हमाल, बाँके काँग्रेस पार्टीका जिल्ला सभापति नारायण प्रसाद गौडेल, माधवराज खत्री र पत्रकार पोषण केसीको नाम अहिले चर्चामा छ ।
त्यस्तै जनता समाजवादी पार्टीबाट पुनः मो. इस्तियाक राई नै उम्मेदवार बन्ने सोही प्रकार राप्रपा नेपालबाट डा. धवल शम्शेर राणा, नेकपा एमालेबाट व्यवसायी कृष्णप्रसाद श्रेष्ठको नाम चर्चामा छ । यसमा राजेन्द्र लिंगदेन नेतृत्वको राप्रपा पनि एक हिन्दुवादी शक्तिको रुपमा देखा परेको छ तर बाँकेमा भने यो अहिलेसम्म अत्यन्त कमजोर स्थितिमा रहेको देखिन्छ । बाँके निर्वाचन क्षेत्र नं. २ मा डा. धवल शम्शेर राणा, मो. इस्तियाक राई र गजेन्द्र बहादुर हमाल चर्चित अनुहार यस निर्वाचनमा हुने
छन् । समय अनुसार अन्य पार्टीले पनि आफ्नो उम्मेदवार सोचे सम्झेर उतार्ने छन् तर जसपा र राप्रपा नेपालको उम्मेदवारी करीब करीब निश्चित छ । यस परिप्रेक्ष्यमा बाँके जिल्लामा हिन्दुवादी सोचको धेरै नै विकास भइसकेको छ ।
राप्रपा नेपालले राज संस्थाको मुद्दा त्याग गरेपनि हिन्दु राष्ट्रको मुद्दा लिएर अघि बढी रहेको छ । त्यस्तै राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र दुवैको मुद्दा लिएर हिन्दुवादको शंखघोष गरी रहेको छ । यिनी हिन्दुवादी सोचका पार्टलाई निर्वाचनमा पछाडि पार्न नेपाली काँग्रेसले हिन्दुवादी सोच लिएका र बाँके जिल्लामा अति नै लोकप्रिय रहेका गजेन्द्र बहादुर हमाललाई निर्वाचनमा उतारी हिन्दुवादको मुद्दा आफ्नो झोलीमा पार्ने प्रयास गर्न सक्छ । स्मरणीय छ हमाल केही महिनाअघि मन्त्री पदको शपथ ग्रहण गरेका थिए तर पार्टीबाट नै उनीको विरोध हुँदा उनीले तुरुन्तै आफ्नो मन्त्री पदबाट राजीनामा दिएका थिए । यस कारण इमान्दारिता र त्यागको कारण उनी अहिले चर्चामा छन् । सहानुभूतिको भोटले हमाल विजयी बन्न सक्ने प्रबल सम्भावना रहेको देखिन्छ ।
त्यस्तै नै हिन्दुवादको सिंह गर्जना गर्दै यसपाली नेपाल शिवसेना पनि प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो उम्मेदवार उतार्दै छ नेपाल शिवसेनाले केही वर्षदेखि डुडुवा गाउँपालिकामा काम गरी हिन्दु समुदायबीच अति चर्चित बन्दै अब बाँके निर्वाचन क्षेत्र नं. २ मा खुट्टा जमाउन शुरु गरेको छ । सेनाले निर्वाचनको तयारी गर्दै केही दिन अघि जिल्ला समिति र उमनपा समिति गठन गरेको यिो ।
अब त्यो २३ वटै वडामा समिति गठन गर्नेतर्फ लागेको छ यसरी आगामी निर्वाचनमा चाहे जुन कुनै राजनीतिक दलको उम्मेदवार विजयी होस् तर यस पटक हिन्दुवादी शक्तिबीच राजनीतिक मतैक्यता विद्यमान रहे हिन्दुवादी शक्ति र राजनीतिक दल एक आपसमा टकराउने बढी सम्भावना रहेको छ जसको फाइदा जनता समाजवादी पार्टी र नेपाली काँग्रेसले उठाउने भरमग्दूर प्रयास अवश्य नै गर्नेछन् । आगामी निर्वाचनमा जनता समाजवादी पार्टीको मधेशी पहाडी विरुद्धको चर्काे नाराबाट फाईदा उठाउन नसक्ने सम्भावना रहेकोले जसपाले विशेषकर सबै मुस्लिम मतदातालाई आफ्नो प्रभावमा लिने र त्यसपछि पहाडी, मधेशी वर्गलाई आफ्नो पक्षमा पार्ने अभियान चलाउन सक्छ तर थोरै प्रयास प्रतिपक्ष दलले गरे जसपाको प्रभाव निर्वाचनमा अवश्य घट्ने स्थिति छ । किनकी जसपाले अन्य प्रदेशहरु जसमा प्रदेश नं. २ मा जुन प्रकारले हिन्दुहरुको दमन गर्दै हिन्दु धर्मको अहित गरेको छ जुन प्रकार विदेशी शरणार्थीहरुलाई आफ्नो यहाँ सघाएको छ । यसको प्रभाव बाँकेमा अवश्य नै देखापर्न सक्छ । किनकी विश्वको परिदृश्यमा जुन प्रकारले हेरफेर भएको छ सो प्रकार बाँके जिल्लामा रहेका पहाडी समुदायका हिन्दु र मधेशी समुदायका हिन्दुलाई एकताबद्ध हुन अवश्य नै बाध्य पार्ने छ । यस्तो एक्यबद्धता निर्वाचनमा देखा परे जसपाको लागि निर्वाचन सजिलो हुने छैन तर अहिलेसम्मको स्थिति अनुसार जनता समाजवादी पार्टी (जसपा)का नेता तथा मन्त्री मो. इस्तियाक राईको स्थिति अत्यन्त नै मजबूत रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here