विगतमा नेपालगञ्ज उपमहानगरपालिका विद्युत लोडसेडिङमुक्त भयो भन्ने किसिमको दावी अहिले झूठो साबित भएको छ ।
जेठ महिनामा सम्पूर्ण तराई क्षेत्र प्रचण्ड गर्मीको मारमा पर्ने गर्छ तर अहिले स्थिति यो छ कि यहाँको तापक्रम ४४ डिग्री सेल्सियस पार गरेको छ । यस गर्मीबाट नागरिकको हाल बेहाल छ । यता पटक–पटक विद्यतु आउने जाने क्रमले गर्दा सर्वसाधारण झन पीडित बन्न पुगेका छन् । अहिले दैनिक रुपमा ३०÷३२ पटक विद्युत आउने–जाने गरेको छ ।
छिन–छिनमा विद्युत आउने र जाने गर्दा विद्युत मिटर तिव्र गतिमा चल्ने गरेको छ जसको कारण उपभोक्तालाई चर्काे विद्युत महसुल भुक्तानी गर्ने बाध्यता रहेको छ ।
विगतमा नेपालगञ्जका केहि व्यापारी नेताले आफ्नो पहलमा उपमहानगरपालिकालाई विद्युत लोडसेडिङमुक्त गरिएको झूठो दावी गरेका थिए । अहिले घोषित रुपमा लोडसेडिङ छैन तर अघोषित रुपमा विद्युत लोडसेडिङ कार्य निरन्तर रुपमा जारी छ ।
अहिले रातीको समय घण्टौंसम्म विद्युत जाने गरेकोले सर्वसाधारणाई जाग्राम बस्नु परी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here