साझा गठबन्धनका तर्फबाट कोहलपुर नगरपालिकाका साझा उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्नो जित सुनिश्चित भईसकेको बताएका छन् ।
कोहलपुर नगरपालिका वडा नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गदै उनले बिगतमा अन्य दलमा मतदान गरेका कोहलपुरबासीले पनि यस पटक आफुहरुलाई मत दिएर बिजयी गराउने प्रतिबद्धता जनाएकाले आफ्नो जित सुनिश्चत भएको बताएका हुन् ।
सोही आधारमा आफु कोहलपुरबासीको साझा उम्मेदवार भएको भन्दै सोही अनुरुप समुन्नत कोहलपुर निर्माणका लागी लागीपर्ने धारणा राखे । कोहलपुरका अधिकांश वडाहरुमा यस पटक गठबन्धनका उम्मेदवार बिजयी हुने उनले बताए । आफु नेतृत्वको टिमले ५ वर्षमा कोहलपुरलाई देशकै नमुना नगरपालिका बनाउने बताए ।
मेयर पदका उम्मेदवार न्यौपानेले आफुले यस पटक कोहलपुबासीको अपार माया पाएको भन्दै सो मायालाई मतमा व्यक्त गर्न अब ४ दिन बाँकी रहेको बताउँदै न्यौपानेले आफु बाचुल्जेल कोहलपुरको बिकासमा क्रियाशिल भएर लाग्ने प्रतिबद्धता समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here