चैत्र ३० गते हुन गइरहेको स्थानीय चुनाव को लागि सबै राजनीतिक दल ले आआफ्नो उमेदवार चुनावी मैदानमा उतारेको छ । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ मा वडा अध्यक्ष को जिम्मेवारी अयुब सिद्धिकी लाई दिएको छ ।

विगत मा भएको २०७४ साल को स्थानीय तह को निर्वाचन मा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ को वडा अध्यक्ष पद अयुब सिद्धिकी महिला सदस्य सीमा कसौधन सहित उनको पेनल बाट ४ जना भारी मत ले निर्वाचित भएका थिए ।

यही वैशाख १२ गते आफ्नो उमेद्वारी दर्ता गराए लगत्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले नगर भरि आफ्नो चुनावी प्रचार प्रसार एवम् घरदैलो कार्यक्रम लाई तिब्रता दिएको छ ।

त्यसै क्रममा आज नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ काे विभिन्न टाेलमा घरदैलो गरेकाे छ।

विगत मा सिक्ने क्रममा मा बाट केही कमी कमजोरी भयो होला त्यस कमी कमजोरी लाई सुधार्ने मौका मेरो वडावासी ले मलाई अवश्य दिने छन् र यस प्रति मा पूर्ण रूप ले आशावादी छु :अयुब सिद्धिकी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here