काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४७५ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

काठमाडौँ उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here