Home ब्यानर राप्रपाको अध्यक्षमा धवलशम्सेर राणा को पनि उम्मेदवारी राप्रपाको अध्यक्षमा धवलशम्सेर राणा को पनि उम्मेदवारी Aman Hussain - July 5, 2021 0 383 FacebookTwitterPinterestWhatsApp बाँके,असार २१ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी कात्तिक २७–३० सम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै दोस्रो पुस्ताका नेताहरुले नेतृत्वमा दाबीका लागि अग्रसरता देखाएका छन् ।पुरानै नेताबाट पार्टीलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन सम्भव नहुने भन्दै दोस्रो पुस्ताका नेता धवलसमशेर राणालगायतका नेताहरु नेतृत्व परिवर्तनको छलफलमा जुटेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले आफू नेतृत्व लिन तयार रहेको बताएका छन् ।पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई गतिशील बनाउन नसकेको उनीहरुको आरोप छ । दुईपटकसम्म पार्टीको महामन्त्री भइसकेका र दोस्रो पुस्ताबाट नेतृत्व लिन अग्रसर देखाएका राणासँग अनलाइनखबरकर्मी प्रेम लामाले गरेको संक्षिप्त कुराकानी :कात्तिकमा महाधिवेशन गर्ने घोषणा भइसकेको छ । तपाईंहरुको तयारी कस्तो छ ?यो पटक मैले पार्टी अध्यक्षमा उठ्ने तयारी गरेको छु । साथीहरुले पनि सहयोग गर्छु भन्नुभएको छ । अग्रजहरुलाई सम्मान गर्दै राप्रपाको नेतृत्व गर्ने मनस्थिति बनाएको छु ।पार्टीभित्रका दोस्रो पुस्ताले नै अब पार्टीको नेतृत्व हुनुपर्छ भन्ने हाम्रो माग छ । दोस्रो पुस्ताले नेतृत्व गर्नुपर्छ भनिरहँदा म नै हुनुपर्छ भन्ने पनि छैन । हामीहरु आपसी छलफल गरेर सहमतिमा उम्मेदवार टुंगो लगाउँछौं । हामीहरु बीचकै कोही साथी नेतृत्व लिन तयार हुनुभयो भने म पछि हट्न तयार छु । तर पार्टीको नेतृत्व दोस्रो पुस्ताबाटै हुनुपर्छ ।त्यसो भए पार्टीका अध्यक्षत्रयप्रति तपाईंको असन्तुष्टि हो ?अध्यक्षत्रयप्रति कुनै असन्तुष्टि छैन । पार्टी यहाँसम्म ल्याउनुभयो, यसको लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।तर यथार्थ के हो भने पार्टी गतिशील हुन सकेन । पार्टीलाई चलायनमान बनाउनुपर्छ भन्ने हाम्रो माग हो । यही अवस्थामा पार्टी अगाडि बढ्न सक्दैन । पार्टीलाई दिगो र मजबुत बनाउन उम्मेदवारी दिन लागेको हो ।राप्रपाको नेतृत्व दोस्रो पुस्तालाई किन ?राप्रपा कहाँ छ भनेर सबै नेपाली जनतालाई थाहै छ । जनतामाझ पार्टी स्थापित हुन सकिरहेको छैन । हाम्रो पार्टी राष्ट्रिय पार्टी समेत रहेन । यहाँभन्दा बढी के भनौं ।त्यसैले पार्टीलाई स्थापित गराउन अब दोस्रो पुस्ताले नेतृत्व लिनु आवश्यक छ । देशमा परिवर्तन ल्याउन, हिन्दू राष्ट्र स्थापना गर्न, राजासहितको प्रजातन्त्र स्थापना गर्न, देशमा भ्रष्टाचार निर्मुल गर्न, आर्थिक प्रगति गर्नका लागि पार्टीभित्र युवा पुस्ताको आवश्यक छ । पार्टीको एजेन्डा स्थापित गर्न र पार्टीका कार्यकर्ताको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी अब नयाँ पुस्ताले लिन्छ ।पार्टीभित्र दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण कति सम्भव छ ?देशको माग, जनताको माग, कार्यकर्ताको माग अनुसार नै हामीले नेतृत्वमा दावी गरेका हौं । यो सम्भव छ ।वैकल्पिक राजनीतिक शक्ति बनाउने धेयका साथ पार्टी एकता भएको थियो । त्यो लक्ष्य प्राप्त भयो कि भएन ?पार्टी एकता त भयो तर पार्टीले सोचे अनुसार गति लिन सकेन र सकेको पनि छैन । नेपाली जनताको बीचमा पार्टी स्थापित हुन सकेको छैन । त्यसैले पार्टीलाई तीव्र गतिमा अगाडि बढाउने लक्ष्य हाम्रो हो । देशमा कंग्रेस र कम्युनिस्टबीचको जुन प्रभाव छ, त्यसलाई तोडेर विशाल पार्टी बनाउने योजनाका साथ नेतृत्व लिने अग्रसरता देखाएका हौं ।अध्यक्षत्रयमा मेलमिलाप नदेखिएको हो ?यसमा म कुनै टिकाटिप्पणी गर्न चाहदिनँ । हामीले तीनै जना अध्यक्षलाई मिलेर अघि बढ्न भनेका छौं । त्यही अुनसार साथ पनि दिएकै हौं र दिई पनि रहेका छौं । अब उहाँहरु अभिभावकीय जिम्मेवारीमा बस्नुपर्छ । उहाँहरुकै दिशानिर्देश अनुसार हामी पार्टीलाई अगाडि बढाउँछौं । उहाँहरुले सहयोग गर्नुप¥यो । दौडधुप हामी गर्छौं ।लुम्बिनी प्रदेशसभाको उपनिर्वाचनमा तपाईं अनुपस्थित हुनुभयो । नेतृत्वप्रति असन्तुष्ट भएरै हो भनिन्छ नि ?त्यस्तो केही पनि होइन । पार्टीका तीनैजना नेतालाई मैले उपनिर्वाचनबारे पार्टीको केही निर्णय छ कि भनेर अघि सोधेकै हो । उहाँहरुले पार्टीले त्यस्तो केही निर्णय गरेको छैन, तपाईं आफ्नो विवेक अनुसार गर्नुस् भन्नु भएको थियो । त्यही निर्णय अुनसार म अनुपस्थित भएको हुँ ।यसअघि बागमती प्रदेशमा रामबहादुर थापा बादल जीलाई भोट हाल्दा पार्टीको कार्यकर्ताभित्र व्यापक असन्तुष्टि र निराशा पैदा गरायो । त्यसलाई निर्मुल पार्न पनि मैले सार्वजनिक रुपमै भोट नहाल्ने निर्णय गरेको हुँ । कांग्रेस र कम्युनिस्टलाई भोट हाल्नैपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै कारण नै छैन । RELATED ARTICLESMORE FROM AUTHOR अन्तरक्रिया कार्यक्रमको आयोजन विश्व बाल दिवसमा मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. आज विश्व वातावरण दिवस मनाइँदै नरैनापुरमा बृहत् वृक्षारोपण बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डल रुस पुग्योे बालमैत्री वडा घोषणा गर्ने गरीे योजनाबद्ध रुपले अभियान सञ्चालन गरिने