Shadow

बेरामी र अस्पताल बीच बढ्दो अविश्वास

नयाँ भेरियन्टको कोरोना भाइरस कोभिड–१९ को यहाँ संक्रमण बढेपछि यसका बेरामी अस्पतालमा उपचार गराउन भारी संख्यामा पुगी रहेका छन् ।
अस्पतालमा उपचारमा चरम लापरवाही भई रहेको आरोप विगत दिनदेखि नै लाग्दै आएको छ । यस कारण यहाँ अस्पताल र बेरामीबीच अहिले अविश्वास व्याप्त भएको देखिन्छ यस्तो अविश्वासको वातावरण १३ गतेदिन यहाँ यस्तै प्रकारको स्थिति देखियो । बिहीवार बेलुकी ८ बजे एक जना कोरोना बेरामीको मृत्यु भएपछि सो बेरामीका आफन्तहरुले अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीको कुटपीट गरेको घटनाले यहाँ बेरामी र अस्पतालबीच तिव्र अन्तरद्वन्द चलेको पुष्टि भएको छ । तुलसीपुर उमनपा–११ का ५५ वर्षीय डिल्ली बहादुर रावत कोरोनाबाट संक्रमित बनेपछि उनीलाई उपचारको लागि जेठ ४ गते दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनीको १३ गते मृत्यु भयो । मृत्युपछि उनीका दाई मान बहादुर रावत लगायत ३ जना व्यक्तिले अस्पतालका डा. दीपक गुप्ता, डा. चन्द्र प्रकाश साहु, डा. समा अन्सारी, स्टाफ नर्स आश्विन गुरुंग, सदीक्षा गैरे र बन्दना श्रेष्ठ लगायतलाई कुटपीट गरे । मृतकका आफन्तहरुले आफ्नो बेरामी डा.हरुको लापरवाहीको कारण भएको आरोप लगाउँदै कुटपीट गरेका थिए ।
यस कुटपीटबाट सो डाक्टरहरुलाई चोटपटक समेत लाग्यो । डाक्टर, स्वास्थ्यकर्मी, स्टाफ नर्समाथि कुटपीट घटनाको सर्वत्र निन्दा र विरोध अहिले यहाँ भई रहेको छ । यस्तो विरोध र निन्दा पूर्व मन्त्रीदेखि वर्तमान मन्त्रीसम्मले गरेका छन् । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले यस घटनाको निष्पक्ष छानबीन हुनुपर्ने राय व्यक्त गर्दै दोषीमाथि कडा कारवाही गर्ने भनेका छन् । त्यस्तै नै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगञ्जले पनि विरोध र निन्दा गरेको छ । त्यस्तै विरोध र निन्दा नर्सिंग संघले पनि गरेको छ । घटनापछि चिकित्सक नर्स आन्दोलित बन्न पुगेका थिए । यस घटित घटनाबारे छानबीन प्रहरीले गरि रहेको छ तर यस्ता घटनाले के बुझिन्छ भने देशमा घटित भइरहेको घटना अस्पताल र बेरामीको अन्तरद्वन्दको कारण बढेको छ । कोरोनाबाट यतिखेर देशका जनता विभिन्न अस्पतालमा महँगो मूल्यमा उपचार गराउन बाध्य छन् ।
सरकारले कोरोना बेरामीहरुलाई निःशुल्क उपचार गर्ने भनिरहेको छ तर अहिले जनताको उपचारमा कुनै सुविधा रहेको देखिँदैन । विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएका बेरामी लाखौं लाख रकम उपचारमा खर्च गरी रहेको समाचार समेत प्राप्त भइरहेको छ । उपचारको क्रममा तमाम जना निको पनि भएका छन् भारी संख्यामा बेरामीको मृत्यु भएको समाचार पनि निरन्तर रुपमा प्रकाशमा आई रहेको छ यस समय मृतक व्यक्तिको परिवार सदस्यसँग अस्पतालहरु ठूलो रकम असुली गरेको कुरा विगत दिनदेखि चर्चामा छ । ठूलो रकम खर्च गरी निको भएकाहरुमा सन्तोषको भावना छ तर जुन व्यक्तिले ठूलो रकम खर्च गरे तर त्यसको परिवार सदस्यको मृत्यु भयो उनीको परिवार सदस्यमा आक्रोश व्याप्त भई रहेको छ ।
यस्तै प्रकारको आक्रोश अहिले घटित घटनामा देखियो । मृतक व्यक्ति डिल्ली बहादुर रावतका आफन्तले अस्पतालको चरम लापरवाहीको कारण आफ्नो बेरामीको मृत्यु भएको खुलेर आरोप लगाएका छन् । यस्तो आरोप धेरै नै संवेदनशील रहेको बुझिन्छ यस कारण डाक्टर, नर्स, स्वास्थ्य– कर्मीमाथिको कुटपीट घटनाको छानबीन गर्दै अस्पतालबाट पनि कस्तो प्रकारको लापरवाहीहरु भई रहेको छ यसबारेमा पनि स्थानीय प्रशासनले छानबीन अहिले गर्नुपर्ने जरुरी भइसकेको छ ।
यस्तो जाँच प्रक्रिया अघि बढ्न सकेन भने आगामी समय पनि यस्तो घटनाको पुनरावृत्ति नहोला भन्न सकिँदैन किनकी अहिले सम्मको आरोप अनुसार अस्पतालहरुबाट उपचारमा चरम लापरवाहीको अतिरिक्त डाक्टरहरुले महँगो र अनावश्यक रुपले धेरे औषधि बेरामीलाई खुवाई रहेको आरोपहरु आउँदै रहेको छ । यस आरोपमा के कतिको सत्यता छ यसबारेमा पनि अब छानबीन हुनुपर्ने आवश्यक रहेको देखिन्छ ।
जानकारी अनुसार बेरामीको उपचारको लागि अस्पतालले महँगो मूल्यको औषधि मगाउने तर त्यस मध्येको महँगो मूल्यको औषधि बेपत्ता पार्ने गरिएको आरोपहरु पनि छन् । महँगो मूल्यको औषधि खरीद बिक्री गर्न कतिपय अस्पतालका डाक्टर र केही एमआर सक्रिय रहेको सम्मको समाचार पनि प्राप्त भई रहेको छ । यहाँ कोरोनाको संक्रमण काबु भन्दा बाहिर छ । कोरोना संक्रमित उपचारपछि निको भइ घर पनि फर्की रहेका छन् तर सत्यता यो छ कि आज पनि रोजिन्दा दर्जनौंको मृत्यु भइ रहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।
अहिले पनि संक्रमण दिन प्रतिदिन बढी रहेको छ यसमा बाध्यताले उपचारको लागि बेरामी विभिन्न अस्पतालमा उपचारको लागि भर्ना भइ रहेका छन् यसमा अस्पतालको बिल बढि रहेको छ यसको अतिरिक्त त्यहाँको चरम लापरवाही, महँगो औषधि उपचारको कारण व्यक्ति बिचल्लीमा परेका छन् जसको कारण अब आक्रोशको भावना व्यक्तिहरुमा विस्तारै बढ्न थालेको छ । त्यसो पनि कोरोनाको अगाडि सरकार अहिले निरीह झैं बनेको छ । कोरोनाको अगाडि सरकारले आफ्नो दुवै हात नै खडा पारी दिएको देखिन्छ । लामो दिनदेखिको निषेधाज्ञा लकडाउनको कारण जनता आर्थिक अभावले ग्रस्त भएका छन् यसमा कोरोनाबाट संक्रमित बनेपछि अस्पतालमा महँगो स्वास्थ्योपचारको कारण धेरैजसो जनता उपचार गराउन अस्पतालमा पुग्न नसकी घरमै जीवनको त्याग गरी रहेका छन् जो अस्पतालमा पुगी उपचार गराई पनि रहेको छ त्यस्ताहरु अस्पतालको ठूलो रकमको बिलले बिचल्लीमा परेका छन् । अहिलेसम्म जनताको कोरोना संक्रमणबाट मृत्यु भई रहेको छ आगामी केही दिनसम्म लकडाउन निषेधाज्ञा चल्दै रहे अब भोकमरीबाट अधिकांशहरुको मृत्यु हुने अनुमान छ । जस आर्थिक अभावको कारण अन्तरद्वन्दको भावना अझ फैलिने निश्चित छ पछि जसरी अहिले अस्पतालमा घटित घटना भर्खरै देखिएको छ यस्तै प्रकारको अन्तरद्वन्द पछि सार्वजनिक रुपमा देखापर्ने सम्भावना पनि बढी रहेको छ यस कारण अहिले पनि समय छ सरकार समयमा नै होसमा आओस् जनतालाई अनावश्यक दुःख नदिई सबैलाई सस्तो मूल्यमा उपचार उपलब्ध गराउने व्यवस्था मिलाउँदै अस्पतालमा व्याप्त रहेको लापरवाहीलाई हटाउन कडा पहल गर्नुपर्ने जनताको राय रहेको बुझिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here