काठमाडौं– ४ जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आगामी वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि हो ।

कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी (जसपा) का तीन र कांग्रेसका एक सांसद छन् । संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी रहेको सह सचिवालय स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीले जानकारी दिए ।

बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा अहिलेसम्म आएका रिपोर्टमध्ये ६ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार एक उपसचिव र एक जना सुब्बालाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here