२२ कार्तिक, नेपालगञ्ज । प्रहरीले प्रतिबन्धित खाने तेल बुधवार नष्ट गरेको छ ।
भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको करिब ३५० लिटर प्रतिबन्धित खाने तेल भन्सार सुरक्षा गार्डमा खटेको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको थियो ।
स्थानिय जनप्रतिनिधि, सरोकारवाला निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय र मिडियाकर्मीहरुको उपस्थितिमा बुधवार उक्त प्रतिबन्धित खाने तेल नष्ट गरिएको बाँके प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको राप्तीसोनारी गाउँपालिकावडा नं. ८ बस्ने वर्ष ५० की गुन्जा खत्री रहेकी छिन् ।
बाँके जिल्ला अदालतको फैसलाले खत्रीलाई २०७९ चैत्र २८ गतेको फैसलाले लेनदेन मुद्दामा १ वर्षको कैद सजायँ तोकिएको थियो । हालसम्म फरार रहेकी निज खत्रीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here