२४ श्रावण, नेपालगञ्ज । स्रोत नखुलेको २४ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपालगञ्ज राँझा एयरपोर्टबाट काठमाण्डौ जान थालेका भारत सीतापुर थाना कोतवाली उत्तर प्रदेशका ४४ वर्षीय प्रकाश नारायण गुप्तालाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट रकमसहित बाँके प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अनुसन्धानका क्रममा अन्य चार जना भारतीयलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा अजय मिश्रा, आशिष गुप्ता, पंकज जेसवाल र विमल गुप्ता रहेका छन् । हुण्डी कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here