काठमाडौं, फागुन ११

सेयर बजारको परिसूचक नेप्से मंगलबार २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २५८६ अंकमा कायम भएको छ। यस दिन बजार खुलेपछि नै तीव्र गतिमा ओरालो लागेको हो, यद्यपि अन्तिममा बजार केही सम्हालिएको थियो। १ बजेतिर परिसूचक २५१९ अंकसम्म झरेको थियो। कुल ८ अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

परिसूचक घटे पनि नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी र हिमालय पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ।  
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। बिक्रीमा करिब १० लाख कित्ताको चाप परेकाले अब केही दिन कम्पनीको मूल्य घट्न सक्छ। कम्पनीको मूल्य हिजोसम्म दैनिक १० प्रतिशतले नै बढेको थियो। आज कारोबार खुल्दा १० प्रतिशतले बढेको मूल्य ७२६ रुपैयाँसम्म पनि कारोबार भयो।

तर कारोबार सुरु भएको केही बेरमै मूल्य १० प्रतिशतले घटेर ५९४ रुपैयाँ कायम भयो।  आँखुखोला जलविद्युतको मूल्य ६.६ प्रतिशतले घटेको छ। कारोबारका आधारमा पनि इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो भने माथिल्लो तामाकोसीको ४३ करोडको कारोबार भयो। त्यसपछि नविल, एनआइसी एसिया, ग्लोबल आइएमई बैंक, नेको इन्स्योरेन्स कारोबारका आधारमा क्रमशः अगाडि रहे। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here