२८ फागुन, बर्दिया । ठाकुरबाबा नगरपालिका नगर कार्यपालिका बर्दियाको छैंठो स्थापना दिवसको अवसरमा शनिवार आयोजित रक्तदान कार्यक्रममा १ सय २३ जनाले रक्तदान गरेका छन् ।
साजसेवी, स्वयंसेवी रक्तदानता, प्रहरी, बिद्यार्थीकर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत महिला, पुरुष गरी १ सय २३ जनाले उत्साहपूर्वक रक्तदान गरेका हुन् ।
‘रक्तदान जीवनदान’ भन्ने उद्देश्यका साथ आठौं पटक बृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवार र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुबाबा नगर समितिको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उप–प्रमुख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्साल, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बहादुर बिष्टले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरी, राजेन्द्र महतरा, सुनिल रत्गैया, पिमा डाँगीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
आठौं रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुबाबा नगर समितिका छबिलाल लम्साल, नगर सचिव आशीष तिमिल्सिना, ठाकुरबाबा वगरपालिका वार्ड नं.–६ का वडाध्यक्ष जय बहादुर पौडेल, कृष्ण प्रसाद थारु, हिरालाल थारु,चन्द्रमणि पौडेल ३१ औं पटक, लाल बहादुर रावत, भूपेन्द्र भारती, प्रहरी निरीक्षक पवन पछाई, जगतराम थारु, मधु पाण्डे, हरि चन्द्र जैसी, निर्मला राणा, गोपाल थारु, गणेश थारु, दिलसरा भण्डारी, राजेश कुमार बजगाईं, खडक लालपन्थी, रबिन कुमार बैद्य, लोकेन्द्र बहादुर साउद, लालबहादुर थारु, रमेश रत्गैया, तेज बन्धु लम्साल, लोक बहादुर बुढाथोकी, आदीराम जैसी, हरि प्रसादगौली, शंकर प्याकुरेल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका कोषाध्यक्ष उमाकुमारी मल्ल २८ पटक, युवराज श्रेष्ठ, धु्रवराज पंगेनी, दिपक लामा, ललित थारु, हेमन्त प्रसाद आचार्य, उमा थारु, सुनिला कुमार थारु, गीता देवी उपाध्याय, रामदास थारु, राम जनक थारु, सुशील थारु, सरोज थारु, सूर्यमणि भण्डारी, दिपक कठायत, प्रकाश न्यौपाने, टंकेश्वर भण्डारी, पुष्पराज पोखे्रल, जोरासिंह थापा, अन्जु बुढाथोकी, लिलाराम खनाल, प्रेम चन्द्र थारु, लक्षमण थारु, सीता थारु, सुक बहादुर थारु, लोखीराम थारु, सर्वराज भारती, इन्द्र प्रसाद आचार्य, दान बहादुर बोहरा, राकेश थारु, सम्राट बिक्रम शाह, रामरानी थारु, राजकुमार कडेल, किरन मरासिनी, चल्टुराम थारु, डम्बर बहादुर राना, सुनिल चन्द, दिपेन्द्र कुमार बम, बिजय खनाल, रोशन चौधरी, बिष्णु प्रसाद सापकोटा, राम बहादुर थारु, बिकास गुरुङ्ग, अजय चापागाईं, खगेन्द्र बहादुर शाही, सञ्जय कुश्मा थारु, ज्वाला श्रेष्ठ, दिपेन्द्र थारु, सुविस्ता शाक्य, गणेश प्रसाद न्यौपाने, महेन्द्र साउद, सागर अधिकारी, गिनिता दहित, अमेश कुमार थारु, बम बहादुर थारु, सुरज परियार, समीर योगी, राजु थारु, हेम प्रसाद उपाध्याय, रामकुमार थारु, अमीन थारु, चन्द्र कुमारी आचार्य, पूजा परियार, यमकला पौडेल, सुदिप सुनार, रामदयाल थारु, निर्मला खनाल, रमेश थारु, श्रीराम थारु, सर्मिला सुनार डान्सर, पंचराम थारु, चाँदनी न्यौपाने, भीम बहादुर थारु, इन्द्र प्रसाद थारु, हरि प्रसाद थारु, चन्द्रमणि चौधरी, नेउलापुर स्वास्थ्य चौकीका बल बहादुर खत्री, देवीराम थारु, सीता मरासिनी, टिकाराम कोइराला, भीम बहादुर क्षेत्री, फुल कुमारी तामाङ्ग, मन्दीप मल्ल, ओम कुमारी तामाङ्ग, धिरेन श्रेष्ठ, राहुल सुनार, ओराज वली, बिशाल पोखे्रल, सितल सुनार, सगुन परियार, गणेश सुनार, करामत अली साई, राजिव पोखे्रल, सुरज रत्गैया, लगायत १ सय २३ जना महिला पुरुषले रक्तदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिकाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सह– आयोजकको रुपमा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदायबिकास मञ्च, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, औषधी व्यवसायी संघ, विकास प्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकताा शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ रहेका थिए । सहकारी सञ्जालहरुमा सिको साकोस, हाम्रो मध्यवर्ती साकोस, बिश्वासिलो साकोस, प्रगति साकोस, किसान कमैया कल्याण साकोस, सगुन साकोस, कन्चन साकोस, मालिका साकोस, शिक्षक कल्याण साकोस, हिमालय सहकारी साकोस, ठाकुरबाबा बहुउद्देश्यीय सहकारी, नेउलापुर सानाकिसान, शिवपुर साना किसान, बगनाहा सानाकिसान, ठाकुरबाबा साना किसान लगायत सहकार्यमा सम्पन्न भएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालको रक्तदान कार्यक्रम सफल पार्न ठूलो योगदान रहेको थियो । विभिन्न पालिकामा रक्तदान कार्यक्रमको आयोजना गराउनका लागि धेरै मेहनत गरी रहनु भएको छ । ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इन्द्र बहादुर राजबंशी, लगायत सक्रिय सहभागिता रहेको थियो । सो कार्यक्रममा त्रिभुवन नमूना माध्यमिक बिद्यालय भुरीगाउँमा सञ्चालित राष्ट्रिय सेवा दलका १० जना बिद्याथीहरुले पनि रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, राजेन्द्र महतरा, सञ्जय बढही, पिमा डाँगी, सुनिल रत्गैया, बीरेन्द्र योगी लगायतले प्राविधिकमा अन्यमा नेउलापुर स्वास्थ्य चौकीका बल बहादुर खत्री, उद्धवराव शर्मा अहेव, बगनहा स्वास्थ्य चौकीका मोतीराम खनाल, नगर सचिव आशीष तिमिल्सिना कार्यक्रममा सहयोग गर्नु भएको थियो । सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवालको सहभागिता रहेको थियो ।