८ चैत्र, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेले आउँदै गरेको होली पर्वको पावन अवसरमा बधाई सहित शुभकामना व्यक्त गर्दै धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउँदा सामाजिक व्यवहार (सुधार) ऐन २०३३ को मर्म र भावना अनुरुप व्यवस्थित ढंगले मनाउन सबैमा अनुरोध गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलद्वारा जारी सूचनामा यहि चैत्र १२ गते मनाइने फागु पूर्णिमा (होली पर्व) को पावन अवसरमा सम्पूर्ण जिल्लावासी दाजुभाई तथा दिदीबहिनीहरुमा होली पर्वको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सार्वजनिक स्थानमा होहल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरि सार्वजनिक जनजीवन, मर्यादा र शान्ति सुरक्षामा खलल गर्ने, ईच्छा बिपरित रंग दल्ने, लोला प्रहार गर्ने, पानी छ्याप्ने, जवरजस्ती रंग फाल्ने, चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने जस्ता अमर्यादित र कानून बिपरितका कार्य नगर्न नगराउन सवैमा अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here