८ असोज, नेपालगञ्ज । हुण्डि कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उप–महानगर पालिका वडा नं.४ गणेशपुर स्थित जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलिले मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा निजले बोकेको कालो झोलाबाट नेपाली रूपैया ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा तलासी लिंदा निजको घरबाट नेपाली रू. ७ लाख १० हजार २ सय ५५ र भारतिय रुपैया ५९ हजार ५ सय मंगलवार बरामद गरिएको हो ।
यस्तै बिभिन्न बैंकमा बिभिन्न ब्यक्तिका नाममा जम्मा गरेका बैंक भौचरहरू लगायत बैंकका टोकनहरू समेत बरामद गरी नेपाली.रूपैया १६ लाख १० हजार २ सय ५५ र भारतिय रुपैया ५९ हजार ५ सय सहित निजहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here