१५ फागुन, नेपालगञ्ज । आर्थिक अवस्था कमजोर भएकी नेपालगञ्जकी एक जना पीडित महिलालाई कानूनी सहायता लागि आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
नेपालगञ्ज–५ की घरेलुहिंसा पीडित ३५ वर्षीया रुविना हलवाईलाई आवश्यक कानुनी प्रकृयाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले कानूनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
हलवाईको आर्थिक अवस्था निकै कमजोर भएपछि कानून प्रक्रियामा जान समस्या भएपछि नेपालगञ्जस्थित सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको सम्पर्कमा आएकी थिइन् । उक्त संस्थाको सिफारिसमा इन्सेकले पीडित महिलालाई मंगलबार रु १० हजार सहयोग प्रदान गरेको अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए ।
पीडितका श्रीमान फरिद अहमद हलवाईको २०७७ कात्तिक ५ गते मृत्यु भएपछि उनको परिवारहरु मिलेर घर निकाला गरेका थिए । श्रीमानको मृत्युदर्ता बनाउन वडा कार्यालयमा प्रमाणीकरण नगरी असहयोग गरेकाले एकल महिला भत्ता समेत पाउन नसकेको बञ्चित भएपछि आवश्यक कानुनी प्रकृयामा जानका लागि उनलाई आर्थिक सहायता उपलब्ध गराइएको इन्सेकका जिल्ला प्रतिनिधी धु्रबराज शर्माले बताए ।
उनका अनुसार इन्सेकका प्रलेख अधिकृत विनोद पाण्डेले पीडित महिलालाई रकमको चेक हस्तान्तरण गरेका थिए ।
पीडित महिला हलवाई आफ्नो माइती घर नेपालगञ्ज–७ घर नजिकै डेरा गरि बस्दै आएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here