११ श्रावण, नेपालगञ्ज । राप्रपा बाँकेकी सहसचिब तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेकी अध्यक्ष इन्दिरा शाहीले मंहगी तथा महिला हिंसा विरुद्ध थाल ठटाउने कार्यक्रम भव्यताका साथ सम्पन्न गराउने राप्रपाका सम्पूर्ण नेता, कार्यकर्ता, दिदीबहिनी तथा दाजुभाईहरुप्रति हार्दिक आभार व्यक्त गरेकी छिन् ।
पार्टीको केन्द्रिय निर्देशन अनुसार दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपालगञ्जमा मंहगी तथा महिला हिंसा विरुद्ध थाल ठटाउने कार्यक्रम भब्यताका साथ सम्पन्न भएको र हाम्रा मागहरुको सुनुवाइ नभएसम्म आन्दोलन जारी रहने समेत बताएकी छिन् ।
इन्दिरा शाहीको नेतृत्वमा थाल ठटाउने र्याली दिउँसो २ बजे त्रिभुवन चोकबाट सुरु भएर बिरेन्द्र चोकमा पुगेर समापन भएको थियो ।
बिरेन्द्र चोकमा बोल्ने राप्रपाका स्थानीय नेताहरुले अहिले थाल ठटाएर निकम्मा सरकारलाई सचेत गराएको र सरकार यसबाट सचेत नभए आगामी दिनहरुमा विरोधका थप सशक्त कार्यक्रम ल्याउने बताएका थिए ।
देश महंगीको चपेटामा परेको समय भ्रष्ट र निकम्मा सरकारले यसतर्फ कुनै ध्यान नदिएकाले आउने भदौं महिनादेखि महंगी विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले महंगी नियन्त्रणका लागि सरकारले कुनै पहल नगरेको भन्दै बुधवार देशभर थाल ठटाएर प्रदर्शन गरेको छ ।
महँगी विरुद्ध आफूहरुले सरकारलाई गराएको ध्यानाकर्षणको कुनै सुनुवाइ नभएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको हो ।
आफूहरुको माग अनुसार सरकारले महंगी नियन्त्रणका लागि काम नगरे आन्दोलन अझ सशक्त गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here