२५ वैशाख, नेपालगञ्ज । अन्तर्राष्टिय हाँसो दिवस बाँकेमा हाँसेर मनाइएको छ ।
दिवसको अवसरमा आईतबार बिहान त्रिभुवन चोक हाँसेको छ ।
नेपालगञ्ज हास्य क्लब र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्वारा आयोजित कार्यक्रममा नेपालगञ्जका स्थानीय तथा प्रतिष्ठत व्यक्तिहरुले दिल खोलेर पेट मिचि मिचि हँसाएका हुन् ।
कार्यक्रममा विभिन्न चुटकिला, कहानी, टुक्का उखान सुनाएर हँसाइएको थियो । हाँसो स्वास्थ्यका लागि निकै लाभदायक भएको स्वास्थ हुन हाँसो अतिआवश्यक भएका सन्देश प्रवाह गर्न सचेतना समेत प्रवाह गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, कृष्णमुरारी प्रसाद भट्ट, हाँसो क्लबका अध्यक्ष डा. छत्रपाल अग्रवाल, पतञ्जली योग समितिका हरजित सिंह सरदार, योग समितिका नेपालका अध्यक्ष गुरु डा. गिरीराज शर्मा, नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कन्हैयालाल टण्डन, अवधी सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमाल, उर्दु साहित्यकार आदिल सरवर, नागरिक अगुवा विजयरत्न श्रेष्ठ, अधिवक्ता हंसराज गुप्ता, सामाजिक अगुवा धु्रब वैश्य लगायतको सहभागिता रहेको थियो ।
सहभागीहरुले त्रिभुवन चोकदेखि पुर्वलाईन महेन्द्र पुस्तकालयसम्म हाँस्दै ¥याली समेत निकालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here