१ असोज, नेपालगञ्ज । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज हर्षाेल्लासका साथ मनाइँदै छ ।
हिन्दु नारीले आफ्नो अटल सौभाग्यका लागि यो पर्व मनाउँदै आएका छन् । यस दिन देवाधिदेव भगवान महादेवको पुजा आराधना गर्ने गरिन्छ ।
पौराणिक कालमा हिमालय पुत्री पार्वतीले वर्षाैंसम्म तपस्या गरेर श्री महादेवजीलाई आफ्नो पतिको रुपमा प्राप्त गरेको सम्झनामा यो पर्व भाद्र शुक्ल तृतीयाका दिन मनायने गरिन्छ ।
पिता हिमालयराजले पार्वतीको इच्छा विपरीत भगवान विष्णुसँग विवाह गरी दिन खोजेपछि पार्वतीजी एउटा नदेखिने ठाउँमा लुकिन् पछि उहाँ लुकेको ठाउँमा नै भगवान महादेवलाई प्राप्त गरिन् । यो दिन भाद्र शुक्ल तृतीया भएकोले यसै दिन हरितालिका तीज पर्व मनाउने प्रचलन रहेको छ ।
परी पार्वती पर्वत राजा देवताको छोरी थिइन् । उनै छोरी पार्वतीलाई बुबा पर्वत राजाले देवता विष्णुसँग बिहे गरिदिने निधो गरे । उनीलाई मन नपरेको कारण जोसँग उनले अस्वीकार गर्थिन् । महादेव शंकरलाई पति बनाउने उनको ठूलो इच्छा रहेछ । यसर्थ पार्वतीले महादेव शिव नपाई विष्णुसँग बिहे गर्नुभन्दा आत्महत्या गर्न तयार भइन्।
कथामा उल्लेख अनुरूप पार्वतीलाई आत्महत्याबाट बचाउनका लागि साथीहरूले एक गोप्य ठाउँमा लगेर लुकाए । बुबा पर्वतराज भने विवाह भड्ीकएको र छोरी हराएको पीडाले शोकाकुलहुँदै जंगल जंगल खोज्दै हिँडे । छोरी पार्वती भने गोप्य रूपमा साथीसँग त्यहि वनमा बसेर भाद्र शक्ल तृतीयाको दिन व्रत उपवास गरी आफ्नो कामनाको अभीष्ट पूरा गरिन्, किनकि बुबाले महादेव शंकरसँग बिहे गरेर छोरीको इच्छा पूरा गरिदिए ।
परी पार्वतीले यसरी भाद्र शक्ल तृतीयाको दिन व्रत बसी आफ्नो विवाहको लक्ष्य प्राप्त गरेको उपलक्ष्यमा खुशीयालीका साथ भजन, कीर्तन र गीतसंगीतपूर्ण मनोरञ्जन गरिएको थियो । यही परम्परा आजसम्म हिन्दू महिलामा कायम रहँदै आएको छ ।
यसअघि महिलाहरुले आइतवार विभिन्न मीठा–मीठा परिकारका साथ दर खाएका थिए । तीजको मुख्य दिनको अघिल्लो दिन दर खाने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज शुरु हुन्छ ।
टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाई, फलफूल लगायतका मीठा परिकारलाई दरको रुपमा खाने गर्दछन् दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन छ ।
हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने भएकोले उर्जाको आवश्यता पर्ने हुँदा पौष्टिक खानेकुरा खाने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here