२१ असोज, नेपालगञ्ज । बाँके प्रहरीले हराएको स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
गत बिहीवार नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २० बस्ने सन्ध्या शर्माले भे ६ प ४३९० नम्बरको स्कुटर नर्सिङ होम आगाडिबाट हराएको भनि जिल्ला प्रहरी कार्यालय, बाँकेमा जानकारी गराएकी थिइन् ।
तत्पश्चात खोजतलास गर्ने क्रममा शनिवार नर्सिङ होम अगाडिबाट फेला पारी सोमवार सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here