१३ असोज, नेपालगञ्ज । बाँके प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
गत २०८१ श्रावण १५ गते जिल्ला नेपालगञ्ज उप–महानगरपालिका १ बस्ने राजेन्द्र कुमार सोनिले घरबाट मोटरसाईकल हराएको भनि जिल्ला प्रहरी कार्यालय, बाँकेमा जानकारी गराएका थिए ।
तत्पश्चात खोजतलास गर्ने क्रममा आइतवार नेपालगञ्ज उप–महानगरपालिका १० भेरी अस्पताल नजिकबाट फेला पारी सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको बाँके प्रहरीले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here