९ जेठ, नेपालगञ्ज । प्रहरीले हराएको ई–रिक्सा फेला पारी रिक्सा धनिलाई बुझाएको छ ।
आइतवार नेपालगञ्ज उप–महानगरपालिका ४ गणेशपुरबाट भे १ ह ७१४९ नम्बरको ई–रिक्सा हराएको भनी प्राप्त सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उक्त रिक्सा बुधवार भारतको रुपैडिहामा फेला परेको हो ।
भारतिय प्रहरीको सहयोगमा उक्त ई–रिक्सा नेपाल ल्याई धनिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here