११ वैशाख, नेपालगञ्ज । २५औं हनुमान जन्मोत्सव मंगलवार भक्तिभावपूर्वक मनाइएकोछ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ स्थित हनुमानगढीमा आइतवारदेखि तीन दिने हनुमान जन्मोत्सव सुरु भएको थियो ।
बाल्दा तलाउको पानी ट्यांकी नजीकस्थित श्री हनुमत गौशालामा वैशाख ९ गते आइतवार दिन अखण्ड रामायण र अष्टायाम संकीर्तन र विशाल पूजा बिहान १० बजेदेखि शुभारम्भ भएको थियो ।
वैशाख १० गते दिन बालाजीको रात्री जागरण र झाँकी राती आयोजित भयो । यो रात्रि जागरण एवं झाँकी मोन्टी नटराजन समूह दिल्लीद्वारा प्रस्तुत गरियो ।
यस्तै मंगलवार वैशाख ११ गते बालाजीको शोभायात्रा हनुमत गौशालाबाट हनुमानगढी धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, सदरलाईन, त्रिभुवनचोक, वीपी चोक हुँदै हनुमत गौशालामा पुगेको थियो ।
कलियुगमा श–शरीर उपस्थित हुनु भएका भगवान केवल हनुमान मात्रै हुन् । उनी रामायणको सबैभन्दा दयावान् अनि शक्तिशाली पात्रका रुपमा चिनिन्छन् । ऐतिहासिक रूपमा अझै उत्खनन र अन्वेषण गर्नुपर्ने हनुमान, धार्मिक रूपमा एउटा कोशेढुङगा अनि सामाजिक रूपमा मानिसले पुजेका जनावर देवता हुन् ।
हनुमानकी आमा अञ्जना एउटी अप्सरा हुन् । अन्जानेरी पर्वतमा जन्मिएकी अन्जना आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा बृहस्पतिका छोरा केशरी हुन् ।
त्यसबाहेक, हनुमानका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक ५ साना भाइहरू छन्।
आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए। त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् ।
चकचके र चञ्चले स्वभावका हनुमानले साधु सन्तलाई दुःख दिने, ऋषिहरूको तपस्यामा बाधा पुर्याउने गर्थे । त्यसैले एकपटक एउटा ऋषिले उनलाई आफ्नो शक्ति बिर्सने र अरु कसैले सम्झाइ दिए मात्रै आफ्नो शक्तिको याद आउने श्राप दिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here