६ माघ, नेपालगन्ज।पाकिस्तानका प्रख्यात ‘युट्युबर’ पत्रकार सोएब चौधरी, सना अमजद, सायला खान र निमरा अहमदको सुरक्षित रिहाईको लागि यहाँ नेपालन्जका पत्रकारहरुले वृहत विरोध प्रदर्शनको कार्यक्रम आयोजित गरी जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालमार्फत पाकिस्तानी राजदूतावास, काठमाडौंलाई ज्ञापन पत्र बुझाएका छन् ।
आइतवार दिन पाकिस्तानी पत्रकारहरुको रिहाईको माग गर्दै मधेश मिडिया मिसन नेपालले विरोध कार्यक्रम त्रिभुवन चोकमा आयोजित गरेको थियो । यहाँ मधेश मिडिया मिसनका वरिष्ठ सल्लाहकार अजय गुप्ताले सम्बोधन गर्दै भने, सम्पूर्ण विश्व अहिले आतंकवादबाट ग्रसित रहेको समय संचारकर्मीहरुले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकहरुलाई सुसुचित गर्ने कार्य गर्दै आई रहेका छन् तर यसबीच पाकिस्तानमा समाचार रिपोर्टिंग गर्न झनै गाह्रो भएको छ । पाकिस्तानका प्रख्यात युट्युबर पत्रकार सोएब चौधरी, सना अमजद, सायला खान र निमरा अहमद लगायत पत्रकार जनतासँग प्रत्यक्ष कुराकानी गरी उनीको अभिव्यक्ति सार्वजनिक गर्दा पाकिस्तानको निरंकुश प्रेस स्वतन्त्रता विरोधी सरकारले ५०औं जना पत्रकारहरुलाई बेपत्ता पारेको छ ।
यसमा कैयनलाई फाँसीको सजायँ सुनाइएको समेत समाचार बाहिरिएकोले बाध्यतावश मधेस मिडिया मिसन नेपालले यो विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेको हो । हामी हरेक वर्ष अन्तर्राष्टिय प्रेस स्वतन्त्रता दिवस मनाई प्रेस स्वतन्त्रताको लागि आवाज उठाउँदै आएका छौं अहिले ५०औं जना पत्रकार त्यहाँ बेपत्ते अवस्थामा छन् उनीहरुको सुरक्षित रिहाईको लागि माग गर्दछौं । आगामी समय यस्तो प्रेस स्वतन्त्रता विरोधी कार्य पाकिस्तानमा नहोस् बेपत्ता रहेका पत्रकारहरुको अवस्था के छ यसबारेमा समाचार सार्वजनिक गर्न माग गरे ।
त्रिभुवनचोकबाट पत्रकारहरु जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगी प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई ज्ञापन बुझाएका थिए । सो ज्ञापन पत्र धर्म प्रकाश जायसवालले पढेर सुनाएका थिए । यसमा प्रमुख जिल्ला अधिकारी रिजालले आजै यो ज्ञापन पत्र पाकिस्तान राजदूतावासलाई पठाउने बताए । बुझाइएको ज्ञापन पत्रमा उल्ल्ेखछ छ कि, दबे कुचलेको वर्गका व्यक्ति सधैं आतंकवादबाट पीडित बन्दै आएका छन् । यस्ता वर्गलाई न्याय दिलाउन विगत दिनदेखि स्वतन्त्र प्रेस जगतले अहम भूमिका निर्वाह गर्ने कार्य गर्दै आएको समय पाकिस्तानका स्वतन्त्र पत्रकार तथा युट्युबर सोएब चौधरी र महिला पत्रकार सना अमजद र निमरा अहमद जस्ता ५०औं जना पत्रकारलाई बेपत्ता पारिएको छ केहीहरुलाई भने फाँसीको सजाएँ समेत सुनाइएको समाचारले हामी नेपाली पत्रकार अत्यन्तनै मर्माहित बन्न पुगेका छौं । सबै पत्रकारहरुको शीघ्र रिर्हाइको लागि माग गर्दै घटित घटनाको सत्य तथ्य बाहिर ल्याउन समेत पाकिस्तान सरकारसँग जोडदार ढंगले माग गर्दछौं साथै आगामी समय नागरिकको वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता बहालीका लागि मधेस मिडिया मिसन नेपाल बाँके शाखाले माग गर्दछ उल्लेख रहेको छ । सो विरोध कार्यक्रम मिसन नेपालका बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको नेतृत्वमा भएको थियो जस कार्यक्रममा मिसनका सल्लाहकार अजय गुप्ता, नेपाल पत्रकार लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चाँैलागाई, त्यस्तै नै पत्रकारहरु लुम्बिनी परिषद सदस्य मधु पौडेल, रमेश चन्द्र कुमाल, दिनेश श्रीवास्तव, नन्दलाल साहु, शुभम शर्मा, धर्म प्रकाश जायसवाल, अजय पाठक लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here