Home ब्यानर सुरक्षा अधिकारीको टोली पुग्यो राप्तीनदीको डुवान क्षेत्रमा सुरक्षा अधिकारीको टोली पुग्यो राप्तीनदीको डुवान क्षेत्रमा Aman Hussain - June 6, 2021 0 403 FacebookTwitterPinterestWhatsApp बाँके जेठ २३ गते ।बर्खायाम सुरु भएसँगै बाँकेको राप्ती नदी तटिय क्षेत्रका कटान सुरु भएको छ । डुडुवा गाउँपालिका, राप्तीसोनाी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटिय क्षेत्रमा बर्खायामसँगै बर्सेनि कटान हुने गरेको छ ।राप्तीनदीमा आउने बाढीका कारण वर्सेनि हुने कटान रोक्न स्थानीयबासीले सम्बद्ध सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएका छन् । तटिय क्षेत्रका बासिन्दाबाट राप्तीनदीले कटान गरेको गुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल नेतृत्वको सुरक्षाकर्मीको टोलीले अनुगमन गरेको छ ।राप्तीसोनारी गाउँपालिका क्षेत्रमा पुगेर गेलाल नेतृत्वको टोलीले पालिकाका अध्यक्ष लाहराम थारु, वडाअध्यक्षहरु र स्थानीयबासीसँग छलफल गरेको छ । तटिय क्षेत्रमा हुने कटान रोक्न गर्नुपर्ने काम, बाढीपूर्वतयारीका लागि आवश्यक योजना र उद्धार तथा राहतका सवालमा छलफल गरिएको बाँकेका एसपी ओम बहादुर राणाले जानकारी दिनुभयो ।उहाँका अनुसार, त्यसका लागि प्रहरीले बाढीपूर्वको तयारी गरिसकेको छ । राहत र उद्धारका लागि तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ । राप्तीसोनारी गाउँपालिका १ कुसुममा पुगेर टोलीले छलफल गरेको हो ।अनुगमनमा सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बम, अनुसन्धानका एसपी नरेन्द्र गिरी, कोहलपुरका डिएसपी रबिन्द्र खनाल, जिल्ला ट्राफिक प्रमुख राजु भण्डारीलगायतको सहभागिता रहेको थियो । बर्खायाम आउन थालेपछि त्यही अनुसारको तयारीमा सरोकारवाला लागि परेका हुन् । RELATED ARTICLESMORE FROM AUTHOR विश्व बाल दिवसमा मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलता क्षमता विकास तालिम सञ्चालन LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. गणपुरक संख्या नपुगेपछि गाउँसभा बैठक स्थगित ताजिया विसर्जनसँगै मोहर्रम पर्व सम्पन्न एमाले कार्यदल बैठक आज पनि बस्दै, हाेला त सहमति ? बाँकेको वैजनाथ गाउँपालिकामा नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन स्वास्थ्य सेवा सबैको पहुँचमा नभएको गुनासो