सुत्केरीको मृत्युपछि आफन्तले बुझेनन सव
अस्पतालको लापरवाहीका कारण सुत्केरीको मृत्यू : आफन्त धामी
1SHARES | Share to Facebook |
Share to TwitterShare to EmailShare to PinterestShare to
बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् ।
कैलाली, गौरीगंगा–९ मसुरिया निवासी २३ वर्षीया कमला धामीको शल्यक्रिया गरेर दुई दिनअघि पेटबाट जुम्ल्याहा बच्चा निकालिएको थियो ।
शल्यक्रिया पश्चात सामान्य अवस्थामा रहेकी उनी एक्कासी बेहोस भएकी थिइन् । सामान्य अवस्थाकी सुत्केरी एक्कासी बेहास भएको र चिकित्सकको लापरबाहीकै कारण मृत्यु हुन पुगेको भन्दै शव नबुझ्ने मृतकका जेठाजु रमेश बहादुर धामीले बताए ।
डाक्टरसँगको सल्लाह, परामर्श अनुसार असोज २९ गते अपरान्ह ४ बजेतिर कमलालाई शल्यक्रिया कक्षमा लगिएको थियो । रमेशका अनुसार अप्रेशन पश्चात कमलाले आफन्तसँग कुराकानी समेत गरेकी थिइन् । आफूहरूले अस्पताल डाक्टरलाई काठमाडौंको अस्पतालसँग कुरा गरिदिन र हेलिकप्टरबाट भए पनि कमलालाई काठमाडौंको अस्पतालमा लैजान आफुहरु तयार रहेको बताउँदा पनि बेवास्ता गरेको आफन्त धामीको आरोप छ ।
आइसियुमा भर्ना भएकी बुहारीको होस नखुलेरै मृत्यु भएको र कुन समयमा मृत्यु भयो भन्ने समेत आफूहरूलाई अस्पतालले जानकारी नदिएको रमेशले संचारककमिं संगको कुराकानीको क्रममा बताए ।
मृतकका आफन्त धामीले समाचारदातासंग अगाडी थप्दै भन्नु भयो यसको छानविन नहुँदासम्म आफुहरुले शव नबुझ्ने रमेशले बताए । अस्पतालले अटेरी गरेमा आफूहरू कानुनी प्रक्रियामासमेत जान बाध्य हुने मृतकको आफन्तले चेतावनी समेत दिए सुत्केरीलाई आइसियुमा भर्ना गरेको दुई दिनभन्दा बढी समय भइसक्दा पनि अस्पतालले मृत्युबारे लिखित रूपमा जानकारी दिन नसकेको र अहिले पनि कृत्रिम श्वास दिइ रहेको आफन्तले बताए तर, डाक्टर स्वयंले मृत्यु भइसक्यो भन्ने जवाफ दिइ सकेको रमेशले भने ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सन्जु पन्तले सुत्केरीको ‘ब्रेन डेथ’ भयो भन्नेबारे आफूले सामान्य जानकारी पाएको र सम्बन्धित डाक्टरको टिमसँग बुझ्ने काम गरि रहेको बताए ।