२८ वैशाख, नेपालगन्ज । छिमेकी देश भारतस्थित उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुने लोकसभा निर्वाचनका कारण नेपाल–भारतका सीमा नाकाहरु बन्द (सिल) गरिएको छ ।
वि.सं. २०८१ वैशाख ३१ गतेका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न २०८१ वैशाख २८ गते राती १०बजेदेखि वि.सं. २०८१ वैशाख ३१ गते राती १२ बजेसम्म लागि जिल्लास्थित नेपाल–भारतका सीमा नाकाहरु बन्द (सिल) गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङद्वारा शुक्रवार जारी गरिएको सूचनामा उल्लेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here