१९ वैशाख, नेपालगन्ज । भोलि वैशाख २० गते नेपालगन्जमा हुन गइरहेको नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनलाई भव्य र सफल बनाउने उद्देश्यका साथ संगठनले तयारी तीव्र बनाएको छ ।
सोही सन्दर्भमा महाधिवेशनको पूर्वसन्ध्यामा नेपालगन्जको ट्राफिक चोकदेखि महाधिवेशन आयोजना क्षेत्र बाबुगाउँसम्म युवा विद्यार्थीहरूको सहभागितामा सरसफाई कार्यक्रम गरिएको नेपाल मुस्लिम इत्तहोद संगठन संगठन महाधिवेशन आयोजक समितिका प्रचारप्रसार तथा मिडिया संयोजक शकील अहमद कादरीले जानकारी दिए । प्रचार संयोजक कादरीले महाधिवेशनको सन्दर्भमा उक्त सरसफाई कार्यक्रम नेकपा एमाले स्थानीय विभाग बाँकेको आयोजनामा गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद सुर्य ढकालले मुस्लिम समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक पहिचान र समावेशी राष्ट्रियताको प्रवद्र्धनमा महाधिवेशनको महत्व रहेको बताउँदै सबै नागरिकलाई सहभागिताको आह्वान गरे । “समावेशी समाज निर्माणका लागि सबै समुदायको पहिचान र सहभागिता आवश्यक छ,” उनले भने ।
नेकपा एमाले बाँके स्थानीय विकास विभाग प्रमुख मीन बहादुर मल्लको अध्यक्षतामा र विशेष अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा अनेरास्ववियुका नेता माधव खत्री, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य विजया धिताल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्ग, एमाले नेता कृष्ण थापा, एमाले नेता राजेन्द्र कँडेल लगायत स्थानीय अगुवा तथा युवा विद्यार्थीहरूको सक्रियता र सहभागितामा सम्पन्न उक्त अभियानले सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ ।







