नेपालगन्ज– नेपाली कांग्रेसका नवनिर्वाचित सह–महामन्त्री किशोरसिंह राठौंर बिहीबार राप्ती सोनारी जाने भएका छन् । सह–महामन्त्री किशोरसिंह राठौंरलाई राप्ती सोनारी गाउँपालिकामा भव्य स्वागत गर्ने तयारी गरिएको छ । बर्दिया निवासी राठौंर नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खस आर्यतर्फबाट सह–महामन्त्री पदमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस राप्ती सोनारीले नेपाली कांग्रेसका नवनिर्वाचित सह–महामन्त्री किशोरसिंह राठौंरको प्रमुख आतिथ्यतामा स्वागत, सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको छ । सह–महामन्त्री राठारले आफू बिहीबार राप्तीसोनरी आउने निश्चित भइसकेको बताए । नेपाली कांग्रेस राप्ती सोनारीले फागुन ५ गते मध्यान्ह १२ बजे अगैयामा बधाई तथा स्वागत कार्यक्रम राखिएको नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भीमबहादुर रानाले जानकारी दिए । सोही कार्यक्रममा राठौंरसहित पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मालाई पनि स्वागत, सम्मान तथा बधाई दिइने सभापति रानाले जानकारी दिए ी
कार्यक्रमलाई भव्य रूपले सम्पन्न गर्न विभिन्न तयारी गरिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन नेपाली कांग्रेसमा आवद्ध सम्पूर्ण नेता तथा कार्यकर्तालाई आमन्त्रण गरिएको उनले बताए । साथै सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस राप्ती सोनारीको कार्यालय उद्घाटन गर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here