७ चैत्र, नेपालगञ्ज । सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको छ ।
सशस्त्र प्रहरीलाई सामाजिक, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा अध्यक्ष चौधरीले उल्लेखनिय सहयोग पु¥याएको भन्दै उनको उच्च मुल्याङ्कन गर्दै प्रहरीले सम्मान गरेको हो । ‘२३औँ शसस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा सशस्त्र प्रहरी प्रधान कार्यालयले पालिका अध्यक्ष चौधरीलाई कदरपत्रले सम्मान गरेको थियो ।
सशस्त्र प्रहरी बल महेन्द्रनगर बाँकेका प्रमुख (गणपति) शसस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले एक कार्यक्रमका विच पालिका अध्यक्ष चौधरीलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए । सशस्त्र प्रहरी दिवसको अवसरमा प्रदान गरिएको कदर पत्र नेपालगन्जमा प्रदान गरिएको हो ।
कदर पत्र ग्रहण गर्दै पालिका अध्यक्ष चौधरीले गाउँ समुदाय तथा सिमा क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका प्रभावकारी रहेको भन्दै शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढिकरण गर्नुपर्नेमा जोड दिए । उनले प्रहरी र जनताबिचको सम्बन्ध सुमुधुर गर्नपर्नेमा जोड दिदै हरेक नागरिकले प्रहरीलाई सहयोग गरेमा शान्ति सुरक्षाको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here