१६ चैत्र, नेपालगञ्ज । कश्यपोत्रि भारद्वाजो विश्वामित्रेणि गौतमः । जगदम्नि शिष्टस्य ऋषिस्मृतिनहुत पापं सर्वर्गहन्त्वदेहय नमः ।।
सम्पूर्ण विश्वमा रहेका जातिको उत्पत्ति ७ वटा ऋषिबाटभएको हो ति सप्तऋषिको नाम कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जगदम्नि र वशिष्ठ हुन् । यसै सप्तऋषि मध्ये एउटा ऋषि हुन् महर्षि कश्यप । उनीबाट वैश्य जातिको उदय भएको मानिन्छ । महर्षि कश्यपको आश्रम भारतको कश्मीर राज्यमा थियो सो प्राचीन आश्रम आज पनि त्यहीं विद्यमान छ । मानव ४ वर्णमा विभाजित छन् ब्राम्हण, क्षेत्रीय, वैश्य र शूद्र । ब्राम्हणको कार्य हो व्यक्तिलाई शिक्षा दिनु अर्थात शीरलाई ब्राम्हण भनिएको छ । त्यस्तै क्षत्रियको कार्य हो राज्यको सीमाको रक्षा गर्नु यसरी पाखुरालाई क्षेत्रिय भनिएको छ । सोही प्रकार वैश्यको कर्म हो कृषि, पशुपालन । अत्यन्त थोरै नाफा लिई ब्याजमा ऋण दिनु त्यसलाई पेट भनिएको छ । त्यस्तै शूद्रको कर्म हो सेवा दिनु खुट्टालाई शूद्र भनिएको छ । वैश्यहरु मध्ये अधिकांशहरु विश्वमा छरिएर बसेका छन् । यसको अतिरिक्त भारतको विभिन्न राज्य र प्रान्तमा वैश्य समुदायको ठूलो बसोबास छ । त्यसो त ८४ प्रकारको वैश्यको वर्णन पाइएको छ तर अहिले वैश्यमा नं. उल्लेख रहेकोले गुट उपगुटमा उनी विभाजित छन् । अहिलेसम्मको संकलन अनुसार वैश्वको जाति निम्न प्रकारको रहेको छः कसौंधन, सूडी (समाहुत, व्याहुत), तेली, कलवार (जैसवाल, कैलाल, जैसार, व्याहुत), रौनियार, कानु, हलुवाई, सोनार (साह, ठाकुर), वैश्य, बनिया, कमलापुरी वैश्य बनिया, तमोली, कसेरा, ठठेरी, तेरघटिया वैश्य (देव), कथवनिया (सिन्दुरीया) लहरी वैश्य, केसरवानी वैश्य, शिवहरे वैश्य, वर्णवाल, खीक, पटवा वैश्य, अग्रहरी, अग्रवाल, बरनवाल, चुरुवाल, कदीमी, गोलवारा, महेश्वरी, श्रावक, खण्डेलवाल, बीजावर्गीय, ओसवाल, नागर, वारहसैनी, , राजशाही, तेलिक, मोदी, मेहता, केजरीवाल, टेकडीवाल, टिबडेवाल, माहुर, माथुर, रस्तोगी, महाजन, मीरतवाल, न्मभन्डोडवाल, पल्लीवाल, टोकवान, गिदौडिया, पदमावती, पोरवाल, श्रीवाल, कोलवार, जोराडे, भंगेरवाल, अटौडे, मोड, लोहनिया, कुमारतनय, पोकरे, नोभे, दसौरे, लटौरे, चौसेनी, डीडु, वारासैनी, रोहतगी, गहोई, गुजराती वैश्य, झाकडे, टेवन्डे, यज्ञसैनी, कान्यकुब्ज, दोसर, लौसिया, बाथम, राजवंशीय, ओमर, चौरसिया, कैलिक, अयोध्यावासी, गोरखपुरी, अवधपुरिया, सुनेमा, नीम, चतुश्रेणी, हरिद्वारी, मध्यदेशीय, पिल्ले, चठ्ठी, मुदालिएर, महाराजन, स्वर्णकार, शौण्डिक, वार्षणे, पुरवार, अखिल भारतीय वैश्य समाज, हैदरावाद्वारा आयोजित दक्षिण भारतका सबै वर्ग, काँदु, कमलापुरी, दोसर, अग्रहरी, कलिंग वैश्य, बलिजा वैश्य (साउथ इण्डिया) मोथ वैश्य, (साउथ इण्डिया), सुराती मोथ वैश्य समाज, कोमाती वैश्य समुदाय (साउथ इण्डिया), ३ वाभिका वैश्य, जैनकोमाती वैश्य, जोहाना वैश्य, झलोरा बनिया वैश्य (गुजरात), गुजरात सोनी बनिया वैश्य, दुभण जैन वैश्य समाज, कमलापुरी वैश्य, कान्यकुब्ज, भुर्जी भोजवाल वैश्य, सिन्धी वैश्य, बनियाकुल क्षत्रिय (तमिल, तैलिक वैश्य वंशीय, महाजन वैश्य (जम्मु हिमांचल, पञ्जाब), नायरवैश्य, जैसवाल, सिन्धी–सुनारी, शौन्द्रिक वैश्य, वैश्यवाणी समुदाय, बनिया पुरेनिगा कम्युनिटी आफ कसार गौड एण्ड साउथ कनारा लिंगायत वैश्य, आर्य वैश्य, माता बसानी–कन्नागी आर्य वैश्य माता कन्नागी, मधेशी वैश्य, रौनियार वैश्य–१, रौनियार वैश्य–२, रौनियार वैश्य–३, दोसर वैश्य, मधेशीया वैश्य, भण्डारी वैश्य–१, कलवार वैश्य–२, कलवार वैश्य–३, पटेल, मनिगा तेली (कर्नाटक) १, मनिगा (गान्दला कर्नाटक२), पटवा, माहेश्वरी वैश्य १, माहेश्वरी वैश्य २, माहेश्वरी वैश्य ३, माहेश्वरी वैश्य ४, माहेश्वरी वैश्य ५, चौरसिया वैश्य, पोरवाल वैश्य, सराबगी जैन वैश्य, सराबगी जैन वैश्य, अग्रवाल जैन, ओसवाल जैन वैश्य १, ओसवाल जैन वैश्य २, ओसवाल जैन वैश्य ३, काँदू वैश्य, कानु वैश्य, माहुरी वैश्इ, सिन्दुरिया वा कायस्थ बनिया, पैश्ववाणी (महाराष्ट, कर्नाटक), ओमर वैश्य, उनइ साहु वैश्य, कपाली वैश्य (बंगाल), गन्ध बनिक (बंगाल), माथुरवैश्य १, माथुर वैश्य २, बानिया चेट्टियार तमिलनाडु, खडायत वैश्य गुजरात, केसरवानी वैश्य, १, केसरवानी वैश्य २, खत्री, बोहरा वैश्य, कपोल वैश्य, मोडहा वैश्य, तेलुगु वैश्य, आर्य वैश्य (आन्ध्र, तमिल, कर्नाट), बर्नवाल वैश्य, हलुवाई, मोदनवाल वैश्य, असाती वैश्य, रस्तोगी वैश्य १, रस्तोगी वैश्य २, विजयवर्गी वैश्य १, विजयवर्गी वैश्य २, खन्डेलवाल साहु तेली मोदी साह, अग्रवाल १, अग्रवाल २, लोहना, असेरा, अग्रहरी वैश्य, सोनवाल, सियाहारे वैश्य, कमलापुरी वैश्य, गहाई वैश्य, मेहतवाल वैश्य, घोची वैश्य, मोध, मोदी, ढाँची, बनिक, कानु वैश्य, कोंकडी वैश्य, चौसेनी वैश्य, महाजन वैश्य १, महाजन वैश्य २, भानुशाली, नागरथर वैश्य, महावर वैश्य, उनैसाहु वैश्य, कसौंधन वैश्य १, कसौंधन वैश्य २, अयोध्यावासी, कौशल वैश्य, वैष्णवी वैश्य, मनोदा वैश्य, श्रीमाल वैश्ज, नेमाजैन् वैश्य समाज, सूधी शौन्डिक– सुरी वैश्य, सुनार स्वर्णकार वैश्य, कोमारतनय वैश्य, जाँगडा पोरवाल समाज, प्रटिल वैश्य, बनिया समाज, सुंगा वैश्य, सुनुवानी वैश्य, गोलापुर्वा जैन समान वैश्य, मधेरवाल जैन वैश्य, भाभरा जैन वैश्य, चतुर्थ जैन वैश्य, दुगड र सुगड जैन वैश्य, गोलालारे जैन वैश्य, हुमदजैन वैश्य, जैनवेट नर्सिंगपुरा जैन, तमिल जैन, बनिया नायर वैश्य, गवारा वैश्य, वैष्णव खम्मार वैश्य गुजरात, नेमा वैश्य समाज, भाटिया वैश्य, जैसवाल वैश्य, अइयर वैश्य, भाटिया महाजन, अग्रहरी सिख्ख, नागर वैश्य समाज, गुजराती वैश्य बनिया समाज, लाडबनिक, खडायत वैश्य, कोंगुबेलालार, सुँडी, सुनरी, साह वैश्य, कुन्डी, सुनरी, सदा वैश्य, सुँडी सोँढी, शौन्डिक वैश्य, नेमा वैश्य लगायत जातिका वैश्य रहेका छन् ।
हाम्रो यहाँ बाँके जिल्लामा भने केही वैश्यहरु उल्लेख्य रुपमा बसोबास गर्छन् जसमा बहुसंख्यकको रुपमा कसौंधन वैश्यको बसोबास छ । त्यस्तै नै यहाँ, काँदु, कमलापुरी, अग्रवाल, गुप्ता, कान्यकुब्ज, तेली साहु साह, त्यस्तै बर्नवाल, रौनियार, रस्तोगी, भुजवा गुप्ता, अण्डेवाल, मोहनवाल, जैसवाल, हलुवाई, सोनार, तमोली, चौरसिया, नाग, कसेरा, ठठेरी, केसरवानी, पोरवाल, खण्डेलवाल, नागर, बाराहसैनी, माथुर, महाजन, तोसर लगायतको बसोबास रहेको छ यसमा केही वैश्य समुदायको जनसंख्या नगण्य रुपमा रहेको पाइन्छ । तर यो वैश्य समुदाय एकताबद्ध नभई विभिन्न गुट उपगुटमा विभाजित रहेकोले यिनीको शक्ति क्षीण अवस्थामा छ । वैश्य समुदाय एकताबद्ध नहुन सक्नुमा मुख्य कारण यो छ कि केही वैश्य समुदाय बहुसंख्यक रुपमा छन् यिनी जातिका नाइके वैश्य समुदायमाथि हैकमवादी र बलजफती गर्ने नीति राखेकोले तमाम प्रयास भएपनि अन्तमा यो वैश्य जाति एकताबद्ध हुने अवसर पाउन सकेन । अहिले शक्ति संचय गर्नमा सम्पूर्ण विश्व नै लागी परेको छ । भन्ने गरिन्छ, संघे शक्ति कलियुगे ‘कलियुगमा संघको शक्ति ठूलो हुन्छ’ जुन समुदाय एकताबद्ध भई अगाडि बढ्छ हरेक क्षेत्रमा अग्रणी हुन्छ अहिले सोही प्रकारले नेपालका सबै वैश्य समुदाय एकताबद्ध हुन खोजेका छन् । यसको प्रयास हुन शुरु भएको छ । बाँके जिल्लामा सबै वैश्यमा एक्ताबद्ध हुनुपर्ने जोडदार ढंगले माग बढ्न थालेको छ । सर्ववैश्य बीच एक्ताको सञ्जाल खडा गर्ने सोच अहिले बनेको छ । आगामी केही दिनमा यो प्रयास सफल भयो भने नेपालको सबै वैश्य एक मञ्चमा उभिन शुरु गर्नेछन् । यसो भयो भने नेपालका वैश्य समुदाय छिमेकी देशतर्फको रोटीबेटीको सम्बन्ध नदेखी स्थानीय विवाह गर्ने मन्साय बनाउन शुरु गर्नेछन् । यसबाट निश्चित पनि महिलाप्रतिको उत्पीडन सम्बन्धी घटना घट्नेछ । नेपालमा महिला उत्पीडन अत्यन्त न्यून अवस्थामा छ तर भारततर्फ छोरीबेटीको विवाह गर्दा त्यहाँ यस्तो समस्या दिनहुँ देखा पर्ने गर्छ । यो समस्याको निराकणको लागि नेपालको सम्पूर्ण अंचल जिल्ला शहर नगर र विभिन्न ग्रामीण क्षेत्रहरुमा बसोबास गर्ने वैश्य समुदायको जनसंख्या यकीन गर्नुपर्ने आवश्यक रहेको देखिन्छ । सबै अंचल जिल्लाका वैश्य समुदायको तथ्यांक निस्किँदै नै स्थानीय विवाहले पनि बढावा अवश्य नै पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here