नेकपा माओवादी केन्द्रले छिट्टै सरकारले पूर्णता पाउने बताएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन्।
माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्।
आज भएको पार्टी बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नेलगायत विषयमा प्रधानमन्त्री देउवासँग भएका कुराकानीबारे बिफ्रिङ गरेका थिए।
माओवादीले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएकोमा पार्टीहरू र सांसदहरूलाई धन्यवाद पनि दिएको छ।
आज सरकार गठनबारे धेरै छलफल नभएको श्रेष्ठले बताए। तर छिट्टै मन्त्रिपरिषद विस्तार हुने उनले बताएका छन्।
‘गठबन्धनका सबै दलसँग छलफल भइरहेको छ। समर्थन गरेका सांसदहरूसँग पनि छलफल भइरहेको छ। सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व गर्ने गरी सरकारलाई पूर्णता दिन उपर्युक्त हुने भएकोले हामी सबै गठबन्धनका शक्तिहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिने निर्णय गर्छौं,’ उनले भने।
देउवा सरकारमा कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्र कार्की कानुन मन्त्री छन्।