बाँके -युवा देशका निम्ति एक शसक्त खम्वा हुन युवा भन्ने शव्द उच्चारणमा मात्रै हैन काम गर्ने शैलीमा पनि उतिकै जोश जागर र हौसला रहेको हुन्छ युवा पुस्ता आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता भएका असल कर्मयोगी र चमत्कारका केन्द्र बिन्दु मान्न सकिने औजार हुन ।बाँके -युवा देशका निम्ति एक शसक्त खम्वा हुन युवा भन्ने शव्द उच्चारणमा मात्रै हैन काम गर्ने शैलीमा पनि उतिकै जोश जागर र हौसला रहेको हुन्छ युवा पुस्ता आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता भएका असल कर्मयोगी र चमत्कारका केन्द्र बिन्दु मान्न सकिने औजार हुन ।

सधैं विकासको पर्खाइमा पर्खी रहेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेका अध्यक्ष हुकुम केसि ,सचीव अरुण शर्मा ,राष्ट्रिय प्रजातान्त्रिक नगर युवा संगठन नेपालगन्जका सह-कोषाध्यक्ष अमन गुप्ता-साधारण सदस्य प्रयाग गुप्ताले नेपालगन्ज वाटरपार्कको निर्माणाधिन विकास योजना दैनिक एक पटक अवलोकन गरेको देख्दा साच्चै युवाले चाहे सबै सम्भावना भएको देखिन्छ ।

युवालाई परिचालन गर्न सकियो भने समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन सहज हुनुका साथै सफल पनि हुन्छ । युवालाई देशले चिन्न सक्नु पर्छ, जुन सुकै उमेरका मानिसहरुलाई युवा मान्ने प्रवृतिले हाम्रो देशमा युवाको सम्मान हुन सकेको छैन ।

युवालाई अन्तरआत्मादेखि नै चिन्न जरुरी छ । युवा अवस्थामा धेरै नै जोश जागरले भरिएको मनस्थिति रहेको हुन्छ तर यसलाई सहि रुपमा सदुपयोग गर्न सक्नु पर्ने आजको नितान्त जरुरी विषय बन्न पुगेको छ ।

युवा, विकास, अवसर र चुनौति एक अर्काको परिपुरक मान्नु पर्छ । युवामा काम गर्ने शैली र गर्न सक्ने क्षमता हुन्छ त्यसले युवालाई विकासमा खर्च गरिनु पर्छ । विकास शव्द रातारात उतारदैमा विकास हुँदैन तर हाम्रो परिपाटी त्यस्तै छ किताव वा पत्र पत्रिका अर्थात अखवारहरुमा सधै पढ्न पाउछौं विकासका नाममा शिल्यानाश भयो रे भनेर तर अव शिल्यान्यास गरेर हाम्रो विकासका नाममा आएका बजेटहरुलाई सत्यनास बनाउने चलखेल हामीले पर्याप्त रुपमा देखि रहेका छौं र भोगी रहेका छौं ।

यसरी विकास र देशले मुहार फेर्दैन हजुर भनेर राप्र युवा संगठन बाँकेका अध्यक्ष प्रश्न गर्नु हुन्छ – यहाँ हामी कुरा चाँहि २१औं शताव्दीका प्रविधिका कुरा गरेर हिड्छौ तर हामी यहि देशमा भएका युवाका विचार र कर्मलाई किन यति सहज रुपमा लिई रहेका छौं । किन युवाको मनोवललाई कदर हुदैन? प्रविधि मैत्री मात्रै हैन अव देश विकासका निम्ति युवा मैत्री बनाउने अभियानमा लागौ, जागौ न हामी धेरै पछाडी परि सक्यौं भनेर आफ्नो साथीहरूलाई भनेको देख्दा मनबाट खुसी व्यक्त गर्दै जटिल खबर संवाददाताले अर्को प्रश्न गरेका थिए ।

कति अविकसित राष्ट्रको नामा परिचित हुन्छौ हो हामी र हामी त स्वाभिमानी नेपाली हौं नि कमसेकम आफ्नो स्वाभिमानी बचाई राख्न कै निम्ति भए पनि केहि काम त आफ्ना नै देशका युवाहरुलाई परिचालन गरि विकासमा तीव्र गतिमा बढाउन जरुरी छ नि ?

युवाहरुलाई कामको अवसर चाहिएको छ यदि अवसर पाउने भए सरकारले चाहेको जस्तै विकास र समृद्धिको बाटो लम्कन सहज हुन्छ ?

यस्ता विभिन्न बाँधा अर्चनाहरुलाई हामीले समयमा नै सुधार्न सकियो भने हामीले रोजगारका विषमा धैरै नै विकास गर्न र देशलाई उन्नति तर्फ अगाडी बढाउन सक्छौ भनेर अध्यक्ष हुकुम केसिले जवाफ दिनु भयो

शिक्षा, स्वास्थ्य जस्ता अनेकौ प्राविधिक कुराहरुलाई श्रम र पारिश्रमिक कम्तिमा पनि एउटा सामान्य परिवारलाई दाल, भात खान सम्म धान्न सक्ने मात्रै रोजगार दिने हो भने कैयौ युवाहरु आफ्नो पसिना आफ्नै देशमा सिंचित गर्ने सक्छन भन्ने सरकार र सरोकारवालाले समयमानै ध्यानाकर्षण हुन आवश्यकता देखिन्छ ।

युवाहरुको श्रमलाई पन्छाउदा वा नचिन्नदा देशको यो हालत भएको छ । सरकार रोजगारीको अवसर छ भन्छ तर युवाहरु वेरोजगारका चरम विन्दुमा पुगि रहेका छन ।

क्षमतालाई केन्द्र विन्दुमा राखेर रोजगार दिन सक्नु पर्छ । र अहिलेको अवस्थामा रोजगार पाउन एकदमै चुनौति बनि रहेको छ । विकास भन्ने कुरा आफैमा वा शव्दावलीमा मात्रै राखेर सम्भावना कमै मात्रामा हुन्छ विकास त सीप र दक्षता, अनुभवका आधारमा पहिचान गरि परिचालन गर्न सकियो भने विकासको मुहान र यो देशको मुहार फेर्न युवाबाट मात्रै प्रचुर सम्भावना रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here