१९ श्रावण, नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलले टंकबहादुर धामीको नेतृत्वमा उम्मेदवारी दर्ता गरेको छ ।
अध्यक्षमा धामीको प्रस्तावकमा अब्दुल वाहिद मन्सुरी र समर्थकमा नन्दलाल वैैश्य रहेका छन् । त्यसैगरी उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवी ओलीको उम्मेदवारी दर्ता भएको छ । ओेलीको प्रस्तावकमा अब्दुल वाहिद मन्सुरी र समर्थकमा वसन्त लामिछाने रहेका छन् । उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । न्यौपानेको प्रस्तावमा श्यामसुन्दर अधिकारी र समर्थकमा आराधाना जोशी छन् । उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डेको उम्मेदवारी परेको छ । पाण्डेकोे प्रस्तावकमा शिवप्रसाद पाण्डे र समर्थकमा ईश्वरकुमार श्रेष्ठ छन् । महासचिवमा भीमबहादुर रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । रानाभाटको प्रस्तावकमा विजय भण्डारी र समर्थकमा चन्द्रप्रकाश शर्मा रहेका छन्् । उप–महासचिव मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दिन जसगढले उम्मेदवारी दर्ता गरेका छन् ।
सदस्यहरुमा इन्दिराकुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर विके, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द र जमालुद्दिन अन्सारी, वस्तुगत सदस्यद्वयमा अध्यक्ष, किराना व्यवसायी संघ, बाँकेका अध्यक्ष फणाधर भण्डारी र होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्का र एशोसियट सदस्यद्वयमा कमल कार्की र राजीव तलङ्गाले उम्मेदवारी दर्ता गरेका छन् । नेपालगञ्जको न्यूरोडबाट ¥याली निकालेर त्रिभुवन चोकस्थित नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालय परिसरमा पुगेर मनोनयन दर्ता गरिएको थियो ।