काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बस्‍दैछ । आज बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्‍न लागेको हो ।

बैठकमा मन्त्री र मन्त्रालय भागबण्डा टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।

अहिलेको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा छन् । आजको बैठकमा शीर्ष नेताहरूलाई मात्रै बोलाइएको छ ।

एमालेको नेपाल समूह र राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताइसकेका छन् ।स्रोत खबरडबली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here