५ मंसिर, नेपालगञ्ज । साईबर अपराध न्यूनीकरण र लागु औषध न्यूनीकरण सम्बन्धी विद्यालय स्तरीय सचेतनामूलक छलफल, अन्तरक्रिया गर्नुका साथै प्रशिक्षण प्रदान गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालगञ्ज उमनपा वडा नं. २ एन्जल्स स्कूल स्थित ँम्म्च् नेपाल र जिल्ला प्रहरी कार्यालय, बाँके महिला सेलको संयुक्त आयोजनामा उक्त विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का छात्र, छात्रा र शिक्षक शिक्षिकाहरुलाई प्र.नि.शीबा थापाले शुक्रवार साईबर अपराध न्यूनीकरण र लागु औषध न्यूनीकरण सम्बन्धी विद्यालय स्तरीय सचेतनामूलक छलफल, अन्तरक्रिया गर्नुका साथै प्रशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।