१६ चैत्र, नेपालगञ्ज । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मदिन अर्थात् श्री राम नवमी पर्व आज देशभर भक्तिभावपूर्वक मनाइँदै छ ।
त्रेतायुगमा चैत्र शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियालीमा श्री राम नवमी पर्व उत्साह र श्रद्धाका साथ मनाइन्छ ।
दानवीय शक्तिमाथि दैवी शक्ति तथा असत्यमाथि सत्यले विजय प्राप्त गरेको प्रतिकका रुपमा यो पर्व मनाउने गरिएको छ ।
खोज अनुसन्धान अनुसार भगवान् रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मीकि पुराण अनुसार भगवान् रामको जन्म पाँच वटा ग्रहहरू उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैँ ख्याल गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो ।
भगवान् रामको राज्य (राम राज्य) पनि न्यायका लागि नमूना मानिन्छ ।
रामलाई वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा सबैभन्दा धेरै बढी पुजिने भगवानका रूपमा लिइन्छ । त्यही भएर रामका भाइहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरू तीन जना भाइहरू थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ वर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल (खराउ)लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान रामका सबैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावण राज्य लंका तहसनहस बनाउने प्रमुख पात्र पनि हुन् । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले यस दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, कीर्तन लगायतका कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन् । हिन्दु धर्ममा आस्था राख्नेहरुले राम नवमीका दिन सबेरै नुहाई धुवाइ, शुद्ध बनी राम मन्दिरहरूमा पुगी पूजा आराधना गर्दछन् । नवमीका दिन राम मन्दिरहरूमा बिहानैबाट घुँईचो रहने गर्दछ ।
चैत शुक्ल नवमी धार्मिक, सांस्कृतिक अनि सामाजिक रुपमा अत्यन्त महत्पूर्ण छ। बुवा दशरथको आज्ञा पूरा गर्नका लागि १४ वर्षसम्म वनवास जान मुस्कुराएर तैयार हुने यिनै राम, जसको नाम अनि जीवनमा आधारित प्राचीन हिन्दु धर्म ग्रन्थ रामायण लेखिएको छ ।
बैकुण्ठ निवासी भगवान् विष्णुका सातौँ अवतारका रूपमा श्री रामले असत्यका प्रतिरूप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए ।
अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिला पुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । रामको कुण्डलीमा कर्कट लग्न र मेष रावणको लग्न थियो । त्यही कारण अत्याचारी रावणको वध गरी अयोध्या राज्यका रैतीहरूलाई सुखशान्ति दिएका कारण भगवान् रामलाई युग पुत्रका रूपमा पुजिन्छ ।
अष्टमीका दिन मर्यादा पुरुषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नु भएको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान् श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्न देवी दुर्गाले रामलाई मद्दत गर्नुभएको थियो । यस दिन राम अनि दुर्गा लगायत अन्य धेरै देवी–देवताको पूजा गरिन्छ ।
यी सम्पूर्ण कुराहरू उहाँको १४ वर्षे वनवासभित्रै भएको थियो । चैते दसैँका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दसैँ मनाउन लागेको सामाजिक मान्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here