नेपालगन्ज, २० अषाढ – नेपाल शिक्षक महासंघ, नेपालगन्ज नगर समितिले आफ्ना शैक्षिक मुद्दाबारे स्थानीय राजनैतिक दलहरुका नेतृत्वसँग शनिबार छलफल तथा अन्तरक्रिया गरेकोछ ।
शिक्षक महासंघले शिक्षा, विद्यालय शिक्षक–कर्मचारी, बालविकास लगायतका विषयमा सारेको आफ्ना विभिन्न ३४ बुँदे माग तथा औचित्यता बारे जानकार तथा त्यस उपर गम्भीर ध्यानाकर्षण गराउन स्थानीय राजनैतिक दलहरुसँग सो अन्तक्रिया गरेको हो ।
सरकारले आफुहरुसँग गरेका महत्वपूर्ण केही सम्झौताहरु अझै कार्यान्वयन नगरेको, शिक्षक तथा उमेर पुगेका विद्यार्थीलाई कोरोना विरुद्धको खोप अविलम्ब लगाइनु पर्ने लगायतका विभिन्न ३४ बुँदे मागहरु राख्दै शिक्षक महासंघले देशभर चरणबद्ध आन्दोलन जारी राखेको छ ।तालिका अनुसार आन्दोलनको चौथो चरणमा शुक्रबार मात्रै स्थानीय पालिका स्तरमा तीन घण्टा धर्ना प्रदर्शन गरेको शिक्षक महासंघद्वारा शनिबार आयोजित उक्त छलफल तथा अन्तक्र्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकामा गठित नेपाली काँग्रेस पार्टी सभापति प्रशान्त विष्ट, नेपाल कम्युनिस्ट पार्टीका नेता प्रतिनिधि धर्मराज न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मनोजकुमार श्रेष्ठ लगायतका पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाल शिक्षक महासंघ राष्ट्रिय सदस्यद्वय दोर्ण वली र गणेशा कार्की, प्रदेश सदस्य मिना चन्द,नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका सचिव तोजिन्द्रबहादुर वि.क., नेपाल शिक्षक संघ बाँके अध्यक्ष विरेन्द्र यादवसहित बालविकास शिक्षक प्रतिनिधिहरु, राहत शिक्षक प्रतिनिधि, विद्यालय कर्मचारी परिषदका नेता प्रतिनिधि, साविक उच्च माध्यमिकका प्रतिनिधि, जिल्ला, स्थानीय तहका शिक्षक नेताहरुको पनि उपस्थिति रहेको थियो ।
पेशागत सुधारका लागि उठाइएका मुद्दामा गहन छलफल भइ सहभागी नेताहरुले आन्दोलनलाई समर्थन र सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here