२७ पुस, नेपालगन्ज । बाँकेको नेपालगन्जमा विश्व हिन्दी दिवस–२०२५ को अवसरमा बहुभाषिक कविता, बिचार गोष्ठी एवं सम्मान अर्पण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
महेन्द्र पुस्तकालको सभाहलमा विश्व हिन्दी महासभा नेपाल केन्द्रिय कार्य समिति नेपालगन्ज बाँकेको आयोजनामा सचिव कृष्ण मुरारी प्रसाद भट्टद्वारा सञ्चालित कार्यक्रममा पाँच जना ब्यक्तित्वलाई सम्मान गरिएको छ ।
विश्व हिन्दी महासभा नेपाल केन्द्रिय कार्य समितिका बिष्णुलाल कुमालको अध्यक्षतामा, प्रमुख अतिथि तथा हिन्दी अवधीका वरिष्ठ साहित्यकार सच्चिदानन्द चौवे साहित्य गौरव सम्मान, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेलाई साहित्य शिरोमणि सम्मानका साथै श्यामानन्द सिंहद्वारा बनाएका नेपालगन्जको चित्र, ढाका टोपी, दोसल्ला सहति सम्मान प्रदान गरिएको थियो ।
यसरी साहित्य प्रतिभा सम्मानबाट अर्चना पाठक, साहित्य भूषण सम्मानबाट श्यामानन्द वर्तमान, पत्रकार तथा शतक रक्तदाता पवन जायसवाललाई समाज गौरव सम्मानद्वारा सम्मान गरिएको थियो । सरदार मधई सिंहलाई साफाद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि प्रा.डा.कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मी, सरदार मधई सिंह, गुल्जारे अदबका सचिव तथा उर्दू साहित्यकार मोहम्मद मुस्तफा अहसन कुरैशी, सैयद असफाक रसूल नेपाली, सरदार हरपाल सिंह, सोनाली गुप्ता, बिमला कुमारी यादव, सन्तोष कुमार गुप्ता, श्यामानन्द सिंहले बाँसुरी बजाउनुका साथै रचना वाचन गरेका थिए ।
सुशीला बैश्यले लोकगीतद्वारा स्वागत गरिएको कार्यक्रममा प्राज्ञ हरि प्रसाद तिमिल्सिना, प्रलेस लुम्बिनी प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, अधिवक्ता भीम बहादुर शाही लगायतले विश्व हिन्दी दिवसको अवसरमा शुभकामना दिएका थिए । यसरी कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, महेन्द्र पुस्तकालय नेपालगन्ज अध्यक्ष बलराम यादव, विश्व हिन्दी महासभा केन्द्रिय समितिका उपाध्यक्ष जगदम्बा पाठक, केन्द्रिय सदस्य ज्योति बाल्मिकी, रमेश कुमार यादव, डा. राज कुमार थारु, केशव न्यौपाने, डा.गीता अधिकारी, कृष्णादेवी पाण्डेय, सागर सिंह, शुभम सापकोटा, जमील अहमद हाशमी, पुस्तकालयका लेखापाल स्वामी दयाल गुप्ता, अर्जुन शर्मा, नैन्सी बंशकार लगायत विश्व हिन्दी महासभा कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।