१ असोज, नेपालगञ्ज । देउताहरुको शिल्पकार भगवान विश्वकर्मा जयन्ती आज भक्तिभावपूर्वक मनाइँदै छ ।
यन्त्र र औजारको पूजा अर्चना गरेर विश्वकर्मा जयन्ती मनाउने गरिएको छ ।
यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ । औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।
पौराणिक ग्रन्थहरुमा उल्लेख रहे अनुसार भगवान र देउताहरुको नगर र भवनहरु भगवान विश्वकर्माबाट निर्माण हुने गथ्र्याे । उनीको यो कार्य द्वापर युगसम्म चलेको उल्लेख पाइन्छ । द्वापर युगमा जरासन्धबाट योगीराज कृष्णको युद्ध भएको उल्लेख रहेको समेत पाइन्छ । सो समय जरासंधको उत्पात देखी भगवान श्रीकृष्ण गोकुल, मथुरा, वृन्दावन लगायत आफ्नो स्थान छाड्ने निर्णय गर्दै कुनै अर्काे स्थानमा नगरी बसाउने फैसला गरे । यसको लागि भगवान श्रीकृष्णलाई ठूलो भूमि चाहिएको थियो । भव्य नगर निर्माण गर्ने जिम्मा उहाँले भगवान विश्वकर्मालाई दिनु भएको थियो । यस समय भगवान विश्वकर्माले समुन्द्र राजसँग यो शर्तमा जमिन मागे कि जबसम्म श्रीकृष्ण रहन्छन् त्यस समयका लागि सो नगरी रहन्छ त्यसपछि आफ्नो भूमि फिर्ता लिनु होला भगवान विश्वकर्माको कुरा मानेर समुन्द्रराजले आफ्नो ठूलो भूभाग छाडे ।
त्यसै जमिनमाथि भगवान विश्वकर्माले वृहत द्वारिका नगरी बसाउनु भयो ।
यो नगर श्रीकृष्णको देहावसान भएपछि समुन्द्रले आफ्नो जमिन फिर्ता लिएका थिए । पछि द्वारिका नगरी पुनः समुन्द्रमा विलिन भएको थियो । यस द्वारिका नगरीको अवशेष समुन्द्रमा अहिले फेला परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here