१४ असार, नेपालगञ्ज । ‘भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण गरौं’ भन्ने मूल नाराका साथ शुक्रवार जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको छ ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा बिभिन्न प्रजातिका बोटबिरुवा रोपिएको हो ।
उक्त वृक्षारोपण कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक, बन डिभिजन कार्यालयका प्रमुख, पारिवारिक निजी वन संघका अध्यक्ष लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here