विद्युत आपूर्तिमा सुधार ल्याउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
शुक्रवार दिन नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखा कार्यालयको मुख्य ढोका अगाडि बास नेपालले अनियमित विद्युत वितरणको विरोधमा प्रदर्शन गर्दा विकासका लागि नागरिक सरोकार समिति र नागरिक अधिकार मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यस विरोध प्रदर्शन कार्यक्रममा नेपालगञ्जका अधिकारकर्मी, अभियन्ता लगायतले अनियमित विद्युत वितरणको चर्काे स्वरमा विरोध गरेका थिए । प्रदर्शन गर्ने क्रममा नेपालगञ्ज नगरवासीहरुले विद्युत वितरण कार्य सुचारु गर, २४ घण्टा बत्ती दे, झ्याप्प–झ्याप्प बत्ती जाने कार्य बन्द होस् भन्ने किसिमको नारा लगाएका थिए ।
नेपालगञ्ज विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुखमा करिब ८ महिना अघि देवेन्द्र प्याकुरेल आएका हुन् । उनी आउने बित्तिकै नेपालगञ्ज उमनपामा विद्युत वितरण कार्यमा गडबडी आएको छ । अहिले दिनभरी बत्ती आउने जाने क्रम बढेपछि उपभोक्ता यसबाट साह्रै नै पीडित बनेका छन् । विद्युत आउने जाने क्रमले गर्दा दिन र रातमा घण्टौं–घण्टासम्म बत्ती रहँदैन । बत्ती कम समय सम्म रहने तर विद्युत शुल्क चर्काे आउने गरेको छ । विगतको नेपालगञ्जका एक जना व्यापारी नेता नन्दलाल वैश्यले आफ्नो पहलमा नेपालगञ्जलाई लोडसेडि· मुक्त गराएको दावी गरेका थिए तर उनको यो दावी अहिले झूठो साबित भएको छ ।
नेपालगञ्जमा अन्य जिल्ला भन्दा बढी गर्मी पर्ने गर्छ यस समयमा विद्युत कार्यालयले उपभोक्तालाई नियमित रुपमा विद्युत वितरण गर्नु पथ्र्याे तर आज अवस्था यो छ कि यहाँ कमै विद्युत रहने गर्छ । विद्युत अनियमित गराउने कार्यमा विद्युत कार्यालय व्यापारी नेता लगायतको मिलेमतो रहेको अधिकांशहरुको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here