२३ जेठ, नेपालगञ्ज । विश्व वातावरण दिवसको अवसरमा सोमवार डिसिएको सहयोग, दलित महिला संघ (फेडो) बाँकेको आयोजना र बास नेपालको प्रस्तुतिकरणमा बाँकेको २ स्थानमा सचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ ।
प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं भन्ने मुल नाराका साथ खजुराको सिमलघाडी र नेपालगन्जको गणेशमानचोकमा नाटक प्रस्तुत गरिएको हो ।
नाटकको माध्यमबाट कलाकारहरुले जथाभावी फोहोर मैला फाल्दा वातावरणमा परेको प्रभाव, त्यसले मानव जिवनमा परेको असर, वातावरण विनासका कारण, बृक्षारोपणका फाईदाका बिषयमा अभिनय गरेका थिए । नाटकको अन्तयमा वातावरण सफा राख्न बिरुवा रोपौं, जथाभावी फोहोर मैला नगरौं, प्लाष्टिक जन्य बस्तुको प्रयोगमा न्यूनिकरण गरौं भन्दै कलाकारहरुले सामुहिक प्रतिबद्धता जाहेर गरेका थिए ।
नाटकमा बास नेपालका कलाकारहरु मन भण्डारी, तपेन्द्र मलाती, जानकी बिक, सरिता बिक, आशिष गिरी, प्रदिप बोहरा, सम्भव सिटौला, मनिषा सुनार, नानीमाया जैशी, प्रेम सुनाले अभिनय गरेका थिए ।
कार्यक्रममा बास नेपालका निवर्तमान रमेश सिटौला, केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्मा, बासका निर्देशक हेमराज भट्ट, दलित महिला संघ (फेडो) का अध्यक्ष निर्मला सुनार, सदस्य टिका बिक, कार्यक्रम संयोजक दिलिसा गौतम, लगायतको उपस्थिति रहेको थियो ।
सन् १९७३ देखि मनाउन सुरु गरिएको विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाउने गरिन्छ । बाँकेमा पनि बिभिन्न कार्यक्रम गरी सोमवार दिवस मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here