१६ मंसिर, नेपालगञ्ज । वर्मा (कुर्मी) सहयोगी हात, बाँकेद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले शनिवार रक्तदान गरेका छन् ।
नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्मा (कुर्मी) सहयोगी हात, बाँकेका संयोजक डा. कौशल कुमार वर्मा, बिशिष्ट अतिथि डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले प्राविधिक महेश राना क्षेत्रीलाई, नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–१८ का वडाध्यक्ष दिपक कुमार वर्मा र रक्तदान कार्यक्रमका संयोजक धर्मराज वर्माले प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई, नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–६ का वडाध्यक्ष समीर प्रताप सिंहले प्राविधिक प्रशान्त तिवारीलाई संयुक्त रुपमा रक्तदान संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको विधिवत उद्घाटन गरेका थिए ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ६ स्थित फत्तेबाल आँखा अस्पताल नेपालगञ्जको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ जना महिला र ४३ जना पुरुष गरी ४५ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमका संयोजक धर्मराज वर्माका अनुसार मन मोहन वर्माद्वारा सञ्चालित कार्यक्रममा रक्तदान गर्नेहरुमा जानकी गाउँपालिका वार्ड नं.–५ का पूर्ववडाध्यक्ष रमेश कुमार वर्मा, राजन वर्मा, सर्वेश कुमार मिश्र, डा. सत्य प्रकाश वर्मा, रमेश खटिक, डा. राहुल वर्मा, मनोज चौधरी, बिद्याराम यादव, शोभाराम वर्मा, बीरेन्द्र कुमार वर्मा, सुनील वर्मा, रबि शंकर वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मन बहादुर केसी, सञ्जय वर्मा, असरफ धनकुट्टा, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड नं.–२ भुरीगाउँकी पूर्णकला उपाध्याय, कविराम वर्मा, देवाशिष वर्मा, ममता तमोली, जोगराज वर्मा, प्रशान्त वर्मा, दिलिप वर्मा, जय किसन वर्मा, नीरज कुमार साहू, राहुल वर्मा, मेघनाथ कुर्मी (चौधरी), मिथलेश कुमार वर्मा, मनोज कुमार चौधरी, दीपराज ठाकुर, सुनील वर्मा, रामनाथ वर्मा, बिर्जू प्रसाद वर्मा, पवन कुमार बिश्वकर्मा, अनिल कुमार वर्मा, धर्मराज वर्मा, जगतराम वर्मा, पुस्तक वर्मा, अवधेश वर्मा, दिलिप वर्मा, नरेन्द्र वर्मा, मनिष कुमार वर्मा, बीरेन्द्र कुमार चौधरी, सुभाष सोनखर, मानव सोनखर, बेद प्रकाश वर्मा लगायत ४५ जनाले रक्तदान गरेका छन् ।
यसरी सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, सल्लाहकार द्वय समाजसेवी माधवराम वर्मा, पवन जायसवाल, गैर सरकारी संस्था नेपाल बाँकेका सचिव आशीष वर्मा, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख बिजय वर्मा, बिराट वर्मा, जानकी गाउँपालिका वार्ड नं.–३ का वडाध्यक्ष राज कुमार वर्मा, लगायतको सहभागिता रहेको थियो । वर्मा(कुर्मी) सहयोगी हात, बाँकेका सदस्य सुशील वर्माले स्वागत मन्तव्य गरेका थिए ।
बिशिष्ट अतिथि डुडुवागाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–१८ का वडाध्यक्ष दिपक कुमार वर्मा, वार्ड नं.–६ का वडाध्यक्ष समीर प्रताप सिंह, प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतले आ–आफना बिचार राखेका थिए ।
सो कार्यक्रममा वर्मा(कुर्मी) सहयोगी हात, बाँके नेपालगञ्जले व्यवस्था गरेको सम्मानमा रक्तदाताहरुलाई गम्छा र प्रमाण–पत्र, बिशिष्ट अतिथि, अतिथि, वर्मा (कुर्मी) सहयोगी हात, बाँकेका संयोजक डा. कौशल कुमार वर्मा लगायतले वितरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, महेश राना क्षेत्री, प्रशान्त तिवारी, गुन्जा कनौजिया, केशर सिंह डाँगी र बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए । यस अघि २०७८ साल जेष्ठ १५ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here