वैशाख २४/ नेपालगञ्ज

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ ले आज चुनावी वडा सभा कार्यक्रम सहित आफ्नो चुनावी प्रतिबद्धता एवम् घोषणा पत्र सार्वजनिक गरेको छ ।

वडा अध्यक्ष अयुब सिद्धिकी को अध्यक्षता मा बसेको उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को केन्द्रीय सदस्य अताहर हुसैन फारुकी को प्रमुख अतिथि मा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवम् नेपालगञ्ज ईन्चार्ज नवीन शर्मा नगर अध्यक्ष रतन शाही उपाध्यक्ष बसन्त मल्ल सीमा कसौधन वैश्य रिजवान शेष लगायत विभिन्न तह का नेता कार्यकर्ता सहित करिब ३०० भन्दा बढी वडावासी हरु को उपस्थिति रहेको थियो ।

वडावासी हरु लाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार सिद्धिकी ले भन्नु भयो

आदरणीय वडा बासी दाजुभाई तथा दिदी बहिनी हरु मुलुक अहिले स्थानीय निर्वाचनमा केन्द्रित भइरहेको कुरा सर्वबिधीतै छ । नेपाली जनताको ठूलो संघर्ष त्याग समर्पण र बलिदान बाट हामीले नयाँ संविधान पाएका छौं ,जसमा नेपाली जनताको अधिकार सुनिश्चित भएको छ । यति हुँदाहुँदै पनि कतिपय जनताका सवालहरु संविधानमा छुटेको हुन सक्छन् संविधान मा छुटेको सवालहरु लाई पछिका दिनमा थप गर्दै जान सकिन्छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को बल मा गणतंत्र संघीयता धर्म निरपक्षता, समाबेसी समानुपातिक प्रतिनिधित्व सामाजिक न्याय सहितको सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने कुरा कानुनी हिसाब ले कार्यान्वयनमा आई सकेको छ । यी सवाल लाई मन नपराउने तत्वहरू बाट संविधान लाई च्यात्ने प्रयास पनि पटक पटक भइरहेको कुरा आम नेपाली जनता लाई अवगत नै छ। जसको नीति उसकै नेतृत्व भएमा मात्र नेपाली जनताका पक्षमा भएको संविधान को रक्षा हुन सक्दछ अन्यथा नीति एउटा को नेतृत्व अर्काको भएको अवस्था मा संविधान र प्राप्त उपलब्धिको रक्षा हुन सक्ने अवस्था देखिँदैन । यसै सवाल लाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्र ले वडा नं ३ को समृद्धि र विकासका लागि जुझारु लोकप्रिय नेतृत्व सहितको उमेदवार घोषणा गरेको छ । त्यसैले हाम्रो पार्टी का लोकप्रिय उमेदवारहरु को चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरी अत्यधिक बहुमत ले विजय गराउन अपील गर्दै आदरणीय बुवा आमा दाजु भाई तथा दिदी बहिनी हरु समक्ष हाम्रा यी प्रतिबद्धता जाहेर गर्दछौं ।

प्रतिबद्धता हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here