३० जेठ, नेपालगञ्ज । २३औँ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा बुधवार नेपालगञ्जमा वक्तृत्वकला प्रतियोगिताको आयोजन गरिएको छ ।
नगरस्तरीय बालक्लव सञ्जाल नेपालगञ्ज उप–महानगरपालिका बाँकेको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, बाँकेको सहकार्यमा ‘नेपालगञ्ज उपमहानगरपालिकामा बालश्रमको अवस्था’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिताको आयोजन गरिएको हो ।
प्रमुख अतिथि शिक्षा अधिकृत डिल्ली आचार्य तथा नगर बालक्लबकी जारा खानको अध्यक्षतामा भएको सो वक्तृत्वकला प्रतियोगितामा विभिन्न संघ–सस्थाका प्रतिनिधि, नगरपालिकाको विभिन्न वडाका विद्यालयहरुबाट उपस्थित विद्यार्थीहरुको सहभागितामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here