१२ वैशाख, नेपालगञ्ज । लैंगिक समानता तथा सामाजिक समावेशिकरण विषयक २ दिने तालिम नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ मा सम्पन्न भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ को आयोजना र युवा घरको सहजिकरणमा आइतबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
१९ नम्बर वडा कार्यालयको सभाहलमा भएको तालिमको समापन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष परसराम कुर्मीले समाजमा लैँगिक हिंसा र बालबिबाहको समस्या यथावत रहेको बताउँदै यस्ता समस्याको न्यूनिकरण गर्न तालिम उपयोगि भएको बताए । समाजमा रहेका गलत कार्य र कुसंस्कारलाई हटाउन तालिमबाट सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्र्नु पर्ने बताउँदै अध्यक्ष कुर्मीले भने “ज्ञान र शिक्षा जति बाढ्यो त्यति बढ्छ तालिमबाट सिकेका कुरा समुदायका ब्यक्तिहरुलाई सिकाउनुहोला ।”
समापन समारोहमा बोल्दै वडा सदस्य सुहावन कुर्मीले समाजमा रहेका बिधमान समस्या समाधानका लागि सबैले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताए । वडा नम्बर १९ का वडा सचिब मदन रावतले समुदायमा लैंगिक असमानता बिधमान रहेकाले यस्तो तालिमको आयोजना गरिएको बताउदै छोरा र छोरीबिच हुने बिभेद अन्त्य गरी समान अवसर प्रदान गरी लैंगिक समानता तथा समाजिक समावेशिकरणको शिदान्त अवलम्बन गर्नुपर्ने बताए ।
तालिमका सहभागिहरुले समाजमा रहेका बिभिन्न लैंगिक असमानता तथा लैंगिक हिंसाका घटनाहरु न्युनिकरण गर्न तालिमबाट ज्ञान प्राप्त भएको बताउँदै तालिम समय सान्दर्भिक भएको बताएका थिए ।
२ दिन सम्म सञ्चालन भएको तालिममा युवा घरका अध्यक्ष मन भण्डारीले लैंगिकता, लैंगिक समानता, लैंगिक प्रभाव विश्लेषण, सामाजिक समावेहिकरण, लैंगिक हिंसा, हिंसाका कारण, प्रकार, असर, हिंसा न्युनिकरणका उपाय, कानुनी प्रावधान, सकारात्मक सोच लगायतको विषयमा प्रशिक्षण दिएका थिए भने युवा घरका सदस्य तपेन्द्र बहादुर मलातीले बाल बिबाह, बाल बिबाहका असर, बाल बिबाह न्यनिकरण, कानुनी प्राबधानको विषयमा सहजिकरण गरेको थिए ।
युवा घरका सदस्य शिब कुमार वर्माले सञ्चालन गरेको तालिममा वडा सदस्य, वडा कार्यालयका कर्मचारी, बिभिन्न क्षेत्रका अगुवा र अन्य गरी ३० जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here