बाँके प्रहरीले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३८ का राजेश कुमार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको हो ।
लेनदेन मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७८।११।१३ गतेको फैसलाले १ बर्ष कैद तोकिएकोमा श्रीवास्तव हालसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरीको टोलीले मंगलवार उनलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here