१३ श्रावण, नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीको स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
युनियन बाँकेले आइतबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा बधाई दिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले युनियनले गरेको सम्मानप्रति आभार व्यक्त गरे । उनले व्यवसायिक पत्रकारिताको विकासका लागि आफुले गर्न सक्ने पहल गर्ने प्रतिवद्धता जनाए । स्वागत तथा बधाई कार्यक्रममा उनले मिडियाबाट आफु लक्षित विषयमा आइरहेका समाचारप्रति यथार्थता बुझिदिन आग्रह गरे ।
‘निर्मला कुर्मी जसको हत्या भयो भन्ने आरोप ममाथि लगाइएको छ । त्यसका बिषयमा संचारकर्मी स्वयंमले पनि अनुसन्धान गरेर सत्य तथ्य समाचार लेख्ने हो,’ मन्त्री कुर्मीले भने, ‘कुनै कुरामा समस्या छ भन्ने कुरा राज्यको चौथौ अंङ्गले औल्याउनुपर्नेमा आफै न्यायाधीश भएका छन् । यो गलत हो ।’
प्रेस युनियन बाँकेको अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा युनियन लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष जय सिंह केसी, महासचिव नविन गिरी, नेपाली कांग्रेसका महासमिति सदस्य अजित शर्मा, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्नु मल्ल, युनियन प्रदेश सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, अग्रज पत्रकार एवं युनियनका नेता निरज गौतम र बिजय बर्मा, पत्रकार महासंघ लुम्बिनीका सल्लाहकार राकेश कुमार मिश्र, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, नेपाली कांग्रेस लुम्बिनीका प्रचार विभाग सदस्य रविन्द्र घिमिरे, पत्रकार महासंघ लुम्बिनीका सदस्य मोहम्मद आरिफ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here